शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

भूकम्पपीडितको यो जाडो पनि टहरामै

  • प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७३



  • काठमाडौं । भूकम्पपीडितले यसपालिको जाडो पनि टहरामै बिताउनुपर्ने भएको छ । समयमै आवास निर्माणको अनुदान नपाउँदा उनीहरूले यसअघि दुई बर्खा र एक सिजनको जाडो पनि टहरो र त्रिपालमुनि नै बिताएका थिए ।

    सरकारले भूकम्पपीडितको आवास निर्माण गर्न पहिलो किस्तास्वरूप ५० हजार रुपैयाँ वितरण गर्दै आएको छ । तर, राहत पाएका अधिकांशले अझै आवास निर्माण सुरु गरेका छैनन् । सहरी विकास मन्त्रालय स्रोतका अनुसार केही भूकम्पपीडितले आफूखुसी घर बनाएका छन् । मापदण्डअनुसारका घर भने निकै कम बनेको मन्त्रालयले जनाएको छ ।

    तिहारअघिदेखि गोरखामा करिब दुई सय परिवारले सरकारी इन्जिनियरको सुझाबअनुसारका घर बनाउन थालेका छन् । गोरखामा मात्रै करिब ६० हजार पीडित छन् । अन्य जिल्लाबाट रिपोर्ट आइनसकेको सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका एक कर्मचारीले बताए ।

    सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये काठमाडौं उपत्यकाबाहिरका ११ जिल्लाका सबै भूकम्पपीडित परिवारको बैंक खातामा अझै रकम पठाएको छैन । पाँच लाख ३३ हजार भूकम्पपीडितमध्ये चार लाख ८६ हजार परिवारसँग मात्र अनुदान सम्झौता भएको छ । यसमध्ये करिब चार लाख ३० हजार पीडितको बैंक खातामा रकम जम्मा भएको छ । पदबहाली गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४५ दिनभित्र सबै पीडितको खातामा पहिलो किस्ता रकम उपलब्ध गराउन निर्देशन दिएका थिए । प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएको तीन महिना बितिसकेको छ ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij