शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

महाअभियोगविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारीमा लोकमान

  • प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७३



  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले संसदमा विचाराधीन महाभियोग प्रस्ताव र सर्वोच्च अदालतको म्याद तामेलीविरुद्ध मुद्दा दर्ता गर्ने भएका छन् ।Lokman Singh Karki

    कार्की निकट स्रोतका अनुसार महाभियोग लगाउने निर्णय कानुनसम्मत नभएको तथा आफूमाथि भ्रष्टाचारमा छानविन हुन लागेपछि एमाले र माओवादी नेताहरुले बदनियत राखेर प्रस्ताव ल्याएको दाबी गर्दै मुद्दा दर्ता गर्न लागिएको हो ।

    महाभियोग प्रस्तावमा सांसदलाई झुक्याएर सहीछाप गराई संख्या पुर्‍याएको दाबी कार्कीका तर्फबाट गर्ने तयारी भएको स्रोतले बताएको  छ ।

    कार्कीका एक कानुन व्यवसायीले सोमबार सर्वोच्चमा दुई निवेदन दर्ता गर्नेगरी तयारी भइरहेको बताए ।

    अदालतमा आफूविरुद्ध परेको योग्यतासम्बन्धी मुद्दा र संसदमा दर्ता महभियोग प्रस्तावविरुद्ध रणनीति बनाउन कार्की कानुनी सल्लाहकारसँग छलफलमा जुटेका छन् । करिब एक दर्जन कानुन व्यवसायीसँग आइतबार कार्कीले आफूविरुद्धको मुद्दा अदालतमा पेसी चढ्ने र त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा राय मागेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij