शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

मैले अमेरिकामा धेरै रात रोएर बिताएकी छु-करिश्मा

  • प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७३



  • काठमाडौं । नयाँ शक्ति पार्टीमा आबद्ध भएर समाज सेवा गर्ने सोच बनाएकी करिश्मा मानन्धरलाई नेपाल नै सबै भन्दा प्यारो लाग्छ ।

    चलचित्र बाबु साहेबको असफलतापछि बिरक्तिएर अमेरिका गएकी करिश्मा दुई वर्ष भन्दा बढी टिक्न सकिनन् । भविष्य बन्छ भन्दै अमेरिका गएकी करिश्माले त्यहि पुगेपछि थाह पाइन् ‘अमेरिकामा पुगेर करिअर बनाउन सजिलो रहेनछ’ ।

    तै पनि सेटल हुन सकिन्छ कि भनेर ब्यापार पनि गरिन् । तर, उनको मन स्थिर भएन । भन्छिन् ‘मैले त आफुलाई त्यहाँ विल्कुल एक्लो महसुस् गरेँ र दुई वर्षमै फर्किएँ’ अमेरिकामा छँदा धेरै रात रोएरै बिताएको भन्न धक मान्दिनन् उनी । श्रीमान र आमाको यादले पटक पटक सतायो उनलाई ।

    नेपालको हावापानी र रहन सहन वास्तवमै लोभलाग्दो भएको उनको बुझाई छ । बाँकी जीवन नेपालमै बिताउने सुरमा रहेकि करिश्मा राजनीति मार्फत समाजसेवा सुरु गरेको धारणा राख्छिन् ।

    राजनीतिमा प्रवेश गरेपनि उनको फिल्मी मोह भने टुटेको छैन । गएको वर्ष फागु नाम राखेर फिल्म बनाएकी करिश्मा फेरि नयाँ फिल्मको तयारी गर्दैछिन् । राम्रो भुमिका पाएमा अन्य चलचित्रमा समेत काम गर्ने उनको योजना छ । भन्छिन् ‘जुनसुकै चलचित्रमा काम गर्दिन । राम्रो भुमिका पाएँ भने काम गर्छु’ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij