शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पुर्नसंरचनाको खाकाप्रति देउखुरीदलहरुको आपत्ति

  • प्रकाशित मिति : सोमवार, साउन ३१, २०७३



  • सन्तोषकुमार गुप्ता, देउखुरी । स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समिती दाङको प्रस्तावित खाकाप्रति देउखुरी राप्तीपारीका सबैजसो राजनितिक दलहरुले गंम्भीर आपत्ती जनाएका छन् । स्थानिय विकास अधिकारी बाहिर गएको बेला जिबिस दाङका योजना अधिकृतले तयार गरेको भनिने उक्त प्रस्तावित खाकामा अमिल्दो र असुहाउादो ढंगले देउखुरी उपत्यकालाई एक गाउँपालिका र एक नगरपालिकाको रुपमा बिभाजन गरिएको भन्दै दलहरुले असहमति प्रकट गरेको बताएका छन् ।

    गाउँ—गाउँमा छ्यापछ्याप्ती बितरीत उक्त खाकामा जनसंख्याको बिवरण समेत उल्लेख गरिएको छ । प्रस्ताबित खाकामा सतवरीया, गढवा, राजपुर, वेला र कोईलावासलाई गाउँपालिका बनाईएको छ भने गोबरडिहा, गंगापरस्पुर लालमटिया, सिसहनिया, सोनपुर र चैलाहीलाई प्रस्तावित राप्ती नगरपालिकामा राखिएको छ ।

    जस अनुसार गढवा गाउँपालिकाको वडा नं.१ को रुपमा कोईलावास गाबिस पुरै, गढवा गा बि सका १, २, ३ र ५ नं वडालाई २ नं, गढवाकै ४, ६, ७, ८ र ९ लाई वडा नं. ३, बेला गाबिसका वडा नं. १, २ र ३ लाई वडा नं. ४, बेलाकै ४, ५, ६, ७, ८ र ९ लाई प्रस्तावित गढवा गाउापालिकाको वडा नं.५ तोकिएको छ ।

    त्यसैगरी राजपुर गा वि सका वडा नं. १ देखि ७ सम्मलाई वडा नं. ६, राजपुरकै ८ र ९ लाई वडा नं. ७ उल्लेख गरिएको छ । त्यस्तै सतबरिया गबिसका वडा नं.६, ७, ८ र ९ लाई वडा नं. ८ तथा सतबरियाकै वडा नं. १ देखि ५ सम्मलाई प्रस्तावित गाउँपालिकाको वडा नं. ९ प्रस्ताब गरिएको छ ।

    यसैगरी प्रस्तावित राप्ती नगरपालिकामा गोबरडिहा गाबिसलाई वडा नं. १ र २, गंगापरस्पुर पुरै गाबिस लाई वडा नं. ३, लमही नगरपालिकालाई ५, ६, ७ र ८, सिसहनिया गाबिसलाई ९ र १०, तथा लालमटिया गाबिसलाई ११ र १२ वडामा बिभाजन गरिएको छ । प्

    रस्तुत खाकाप्रति नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्ऽ, राष्टिय जनमोर्चा, संघिय समाजवादी फोरम नेपाल र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकलेले लिखित असहमति प्रकट गरी जिल्ला बिकास समितिको स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिलाई बुझाई मिल्दो र सुहाउादो ढंगले सिमााकन गर्न आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij