शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सोलुखुम्बुमा एक नपासहितको आयोगमा सिफारिस

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३



  • जेपी थुलुङ सोलुखुम्बु , सोलुखुम्बु जिल्लामा एक नगरपालिका, सात गाउपालिका र ४७ वडा सहित स्थानिय सिमाङकनको खाका तयार गरी पुरसंरचना आयोगमा सिफारिस गरिएको छ । जिल्लाका राजनैतिक दलहरुको समेत सुझाब तथा पटक पटकको छलफलपछि यसरी स्थानिय तह पुनरसंरचनाको जिल्ला प्राबिधिक सहयोग समितिले गाउँ तथा नगरपालिकाको वडा र केन्द्रसहित सिमाङकनको तय गरी सिफारिस गरेको हो ।

    जिल्लामा हाल रहेका १ नगरपालिका र ३० गाउँ बिकास समितिलाई सात गाउँपालिका र १ नगरपालिका सहितको सिमाङकन तय भएको स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार साविकको गोली, चौलाखर्क र भकान्जेलाई लिखु गाउपालीका केन्द्र चौलाखर्क, गोराखानि, टाप्टीङ, केरुङ टाक्सीन्दु र दुधकुण्ड नगरपालिकालाई सोलुदुधुकण्ड नगरपालिका केन्द्र  साविकको सल्लेरी, नेले, मुक्ली, देउसा, जुबु, लोखिम, कागेल र पंचनलाई थुलुङ दुधकौशीका गाउपालिका केन्द्र मुक्ली र सल्यान, नेचा बतासे, नेचाबेतघारी र तिङलालाई नेचासल्यान गाउपालिका केन्द्र सल्यान तय भएका छन् ।

    यसैगरी बासा, वाकु, काकु र टाक्सीन्दुलाई बासाखाली गाउपालीका केन्द्र बासा, बुङ, छेस्काम र गुदेललाई महाकुलुङ गाउपालिका केन्द्र बुङ, सोताङ र पावै गाबिसलाई सोताङ गाउपालिका केन्द्र सोताङ र चौरीखर्क, जुभिङ, नाम्चे र खुम्जुङलाई खुम्बु गाउपालिका केन्द्र चौरीखर्क तय गरिएको उहाले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij