शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

लोकमानले मच्चाएको आतंक बन्द गर्न अभियोग लगाइयोः उर्जामन्त्री शर्मा

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३



  • दाङ । उर्जामन्त्री जनर्दन शर्माले अख्तियार ददुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले देशमा आतंक मच्चाउन खोजेकाले उनीविरुद् महाभियोग लगाएको बताएका छन् ।

    दाङमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अरबौंअरब भ्रष्टाचार गर्नेहरुको नेतृत्व कार्कीले गरेको तथा देशमा विधि र शासन नमानेर आतंक मच्चाउन खोजेकाले उनीविरुद्व महाभियोग लगाइएको दबी गरे ।
    लोकमानले भ्रष्टाचार न्युनिकरण गरेजस्तो गरेर आफै ले भ्रष्टाचार गरेर अकुत सम्पति कमाएको पनि आरोप लगाए ।

    ‘संसद र सर्वोच्च अदालतलाई नटेर्ने कार्कीको राज्यआतंक बन्द गरेर लोकतन्त्र बाहालीका लागि महाभियोगको विकल्प थिएन’ उर्जामन्त्री शर्माको भनाइ छ । ‘अराबौं राजश्व कहाँ गयो ? सबै लोकमानको पोल्टामा गयो , मुख्य सचिवले फाइल हरायो भन्नुको कारण केहो ? अख्तियारको दुरुपयोग गरेर भ्रष्टाचारी, कमिसनखोर र दलालको नेतृत्व गर्नेलाई बचाउनु सहि थियो ?’, उनले थपे, ‘ अख्तियारलाई खारेज गरेको होइन, लोकमानलाई हो ।’

    माओवादी केन्द्रका प्रभावशाली नेता समेत रहेका शर्माले अंगिकृत नागरिकलाई सरकारको संवैधानिक निकायको प्रमुख बनाउन, सरकारले प्रस्ताव अघि सारेको भन्ने कुरा गलत प्रचारबाजी भएको दावी गरे । उनले अंगिकृत नागरिक राष्ट्रको संवैधानिक निकायको प्रमुख हुनै नसक्ने र त्यो मान्य नहुने बताए ।
    त्यसैगरी अर्को प्रसंगमा उनले जलस्रोतको दृष्टिकोणले विश्वमै दोस्रो ठूलो देशमा उर्जा संकट हुनु लाजमर्दो कुरा भएको भएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij