शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

प्रधानमन्त्री भएपछि प्रचण्ड पहिलो पटक सिरहा आउँदै, प्रहरी बेखबर !

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७३



  • सिरहा ।  प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ शुक्रबार सिरहाको चोहर्वा आउने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले चोहर्वामा आयोजित जनसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

    निर्वाचित भएपछि गत भदौ २७ गते प्रचण्डको आफ्नो निर्वाचन क्षेत्र सिरहाको मिर्चैया आउने कार्यक्रम तय भएपनि अन्तिम समयमा मौसम प्रतिकूल भएपछि सम्भव भएको थिएन । त्यतिबेला उनले काठमाडौंबाट कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

    नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राम नारायण सिंहले प्रचण्ड प्रत्यक्ष रुपमा जनतालाई सम्बोधन गर्न पुनः शुक्रबार सिरहाको चोहर्वा आउन लागेको बताए ।
    गत वर्ष नयाँ संविधानको प्रारम्भिक मस्यौदाको लागि राय सुझाव संकलन निर्वाचित क्षेत्र सिरहा आउँदा प्रचण्डले कालो झण्डाको साथै चर्को नारावाजीको सामना गर्नु परको थियो । त्यतिबेला प्रचण्ड केवल आधा घण्टामै कार्यक्रम स्थलबाट काठमाडौं फर्किएका थिए ।

    यसैबीच प्रचण्डले अन्तिम समयमा आएर सिरहा आउने कार्यक्रम स्थगित गरेपछि निरास भएका सिरहाबासी पुनः प्रचण्डलाई भव्य स्वागत गर्ने तयारीमा जुट्ेका छन् ।
    संबिधानको मस्यौदा सुझाव संकलनका क्रममा बिरोधका साथै ढुङ्गामुडा गरेकाहरुले पनि प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गर्ने तयारी गरेको छन् ।

    प्रचण्ड सिरहा आउन लागेको सम्बन्धमा आफुलाई औपचारीक जानकारी नरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ । औपचारिक रुपमा जानकारी आएपछि मात्र सुरक्षा व्यवस्थाको बारेमा केहि भन्न सकिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता एक नारायण कोइरालाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij