शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

आत्मरक्षाका लागि तीन वर्षदेखि प्रहरी प्रशासन धाउँदै एक साधु

  • प्रकाशित मिति : बुधबार, कार्तिक २४, २०७३



  • महोत्तरी । दाजु र भतिजाले नै जग्गा देउ नत्र मारिदिन्छु भन्दै पटक–पटक कुटपिट गर्दै ज्यानै लिनेसमम्मका धम्की दिएकाले लामो समयदेखि साधु रामनन्दन राय आत्मरक्षाका लागि घरै छोडेर अन्यत्र बस्दै आएका छन् ।

    जिल्लाको सुन्दरपुर गाविस– ६ निवासी उहाँका दाइ, भाउजु र भतिजोले पैत्रिक सम्पति हडप्न कुटपिट गर्दै आएकाले ज्यान जोगाउन भाग्दै हिँडेको तीन वर्ष भइसकेको छ ।
    ब्रह्माचारी जीवन बिताइरहेका रायले आत्मरक्षका लागि विगत तीन वर्षदेखि उजरी गर्दै आएपनि स्थानीय प्रहरी र प्रशासनबाट सुनुवाई नभएको गुनासो गरे ।

    आफ्ना नाममा घरसहित करिब १७ कठ्ठाजग्गा रहेपनि उपभोग गर्न नपाएपछि उनले विगत तीन वर्षमा जिल्ला प्रशासन कार्यालयमा १२ पटक, जिल्ला प्रहरी कार्यालयमा तीन पटक र प्रहरीचौकी मगरथानामा तीन पटक सुरक्षाका लागि निवेदन दिइसकेको तर सुरक्षाको अनुभूति नभएपछि डरले गाउँ छोडेर बस्नुपरेको बताए ।

    प्रशासन र प्रहरीले भने विपक्षी दाजु र भातिजो लाई पटक÷पटक समातेर अब आइन्दा कुटपिट नगर्ने भन्दै कागज गराएपनि पुनः बारम्बार मरनासन्न हुनेगरी कुटपिट गर्ने गरेको साधु रायको गुनासो छ ।
    न्यायको लागि पुनः विगत तीन महिनादेखि प्रहरीमा धाउँदै गरेका उनले आफू मरेपछि सबै सम्पत्ति उनीहरुले नै पाउने हुन् तर आफू बाचुञ्जेल दुई छाक खान कसैको मुख ताक्नु नपरोस भनेर मात्र न्याय खोजेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij