आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्पेनले पाँचौं पटक जित्यो यु–२१ युरो च्याम्पियनसिप उपाधि

  • प्रकाशित मिति : सोमवार, असार १६, २०७६



  • एजेन्सी । स्पेनले यु–२१ युरो च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा स्पेनले २०१७ को च्याम्पियन जर्मनीको यु–२१ टोलीलाई २–१ ले पराजित गर्दै कीर्तिमानी पाँचौ उपाधि जित्न सफल भएको हो ।

    सन् २०१७ मा स्पेन जर्मनीसाग नै पराजित हुदै उपाधि विमुख भएको थियो । यसपटक स्पेनले उक्त हारको बदला लिन सफल भयो । यससँगै स्पेनले यु–२१ उपाधि जित्ने इटालीसँगको कीर्तिमानलाई बराबरी गरेको छ । इटालीले सर्वाधिक ५ पटक उपाधि जित्दै कीर्तिमान बनाएको थियो ।

    जर्मनीमा भएको खेलमा स्पेनको जितमा फावियन रुइज र डानी ओल्मोले गोल गरे । घरेलु टोलीका नादिम आमिरीले सान्त्वाना गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको शुरुमै स्पेनले अग्रता लिन सफल भएको थियो । सातौं मिनेटमा फावियन रुइजले गोल गर्दै स्पेनलाई पहिलो हाफमा १–० को अग्रता दिलाएको थियो ।

    ६९औं मिनेटमा डानी ओल्मोले गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाउदै जिततर्फ डो¥याएका थिए । खेल सकिन १ मिनेट बाँकी रहँदा घरेलु टोलीका लागि नादिम आमिरीले गोल गर्दै खेलमा फर्काउने संकेति दिएपनि खेलमा फर्कन निकै ढिला भइसकेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा स्पेन २–१ ले विजयी हुन सफल भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij