प्रकाशित मिति : मङ्लबार, असार १७, २०७६
काठमाडौं। भारतीय क्रिकेट टिमका अलराउण्डर विजय शंकर पनि चोटका कारण बाहिरिएका छन् । यसअघि ओपनर शिखर धवन पनि भारतीय टिमबाट बाहिरिइसकेका छन् । भुवनेश्वर कुमार पनि चोटका कारण पछिल्ला केही खेल खेल्न सकेनन् । उनी अब भने मैदान फर्कने अपेक्षा गरिएको छ ।
अब विजय शंकरको ठाउँमा मयंक अग्रवालले मौका पाउने सम्भावना छ । विजय शंकरलाई अभ्यासको क्रममा खुट्टाको बुढी औंलामा चोट लागेको थियो । अभ्यासको क्रममा जसप्रित बुमराहको योर्कर उनको बुढी औंलामा लागेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij