शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पोखरीमा हाम फाल्दै स्टन्ट गर्ने क्रममा दुई अभिनेताको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७३



  • बलिउडमा ‘स्टन्ट’ गर्ने क्रममा दुई कलाकारको निधन भएको छ । एउटा फिल्मको लागी हेलिकप्टरबाट तालको पानीमा हाम्फाल्ने दृश्य छायाङकन गर्ने क्रममा उनीहरूको निधन भएको बताइएको छ । तालबाट फिल्मका हिरो दुनिया विजयलाई जिउँदै बाहिर निकालिएको थियो भने बाँकी दुइ जना कलाकार उदय र अनिलको तालमै डुबेर निधन भएको आशंका गरिएको छ ।

    भारतीय समाचार एजेन्सीका अनुसार कन्नड फिल्म ‘मस्ती गुडी’ को सुटिङमा खतरनाक दुर्घटना हुँदा दुवै कलाकारको निधन भएको थियो । सुटिङमा प्रयोग भएको हेलिकप्टर तालको माथिबाट उडिरहेको थियो । यसै क्रममा तीनजना कलाकार तालको पानीमा हाम्फालेका थिए ।
    उदय स्टन्ड गर्न माहिर थिए र मानिन्थे पनि,पछि उनी दुनिया विजयको फिल्ममै भिलेनको भूमिकामा देखा परेका थिए । त्यस्तै ‘एट–प्याक’ को कारण निकै चर्चामा रहने अनिलले २५ भन्दा बढि फिल्ममा काम गरिसकेका छन् ।

    यी तीनै कलाकार हेलिकोप्टरबाट हाम्फालेपछि उनीहरूलाई लिन एउटा नाउ आउनु पर्ने थियो । तर, मौकामा नाउ सुटिङ स्थलमा नपुगेपछि यो दूर्घटना भएको बताईएको छ । उनीहरूलाई खोज्न गोताखोरको प्रयोग गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij