प्रकाशित मिति : शुक्रबार, कार्तिक २६, २०७३
प्यूठान । १० वर्ष देखि १९ वर्ष उमेर समुहका प्यूठानका ५२ हजार किशोरीहरुलाई आइरन फोलिक एसिड वितरण गरिने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय प्यूठानको आयोजना र सेभ द चिल्ड्रनको सहयोगमा कालिका विकास केन्द्र को सभाहलमा सरोकारवालासंग अभिमुखीकरण गर्दै आज आइरन फोलिक एसिडको बारेमा जानकारी गराइएको हो ।
आइरनको कमिले रक्तअल्पता नियन्त्रण गरी किशोरीहरुको पोषण अवस्थामा सुधार ल्याउने र पोषण शिक्षाद्धारा आहारजन्य आइरन आपुर्तिमा सुधार ल्याउने उद्देश्यले आइरन वितरण गर्न थालिएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर कृष्ण शाहले बताए ।
हप्ताको एउटा चक्किको दरले १३ हप्ता खाने र फेरी १३ हप्ता नखाने गरी किशोरीहरुलाई खुवाउदाँ शरिरमा आइरन पुरा भइ विभिन्न रोगबाट बच्च सकिने शाहको भनाई छ ।
आइरन फोलिक एसिड नेपालका ३ जिल्लाहरु प्यूठान, कपिलबस्तु र सप्तरीका किरोशीलाई वितारण गरिने जानकारी गराइएको थियो ।
सोही कार्यक्रममा खाद्य तथा पोषण सुरक्षावारे छलफल गर्दै सुनौला हजार दिन भित्रका महिलाहरुको पोषणमा सुधार ल्याउन सकेका मात्रै पनि कुपोषणको सम्मस्याबाट धेरै मात्रामा मुक्त हुन सकिने कार्यक्रममा औल्याइएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका दल बहादुर के सीले विभिन्न तथ्याकं प्रस्तुत गर्दै महिलाहरुले अत्यन्त कम मात्रमा अण्डा, माछामासु, फलफुल लगायत हरियो सागपात खाने गर्दा त्यसको प्रत्यक्ष असर जन्मने बाच्चलाई पर्न गइ बालबालिकामा नै बढी कुपोषणको समस्या देखिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि जनकराज पन्तले आइरन फोलिक एसिड वितरण लक्षित उमेर समुहका किशोरीलाई ल्याइएको कार्यक्रम भएकाले उनीहरुलाई नै सचेत बनाइ आइरन खुवाउने र त्यसबाट प्रत्येक्ष कति किशोरीको स्वास्थ्यमा सुधार आउछ त्यो तत्थांक प्रगति प्रतिवेदनमा देखाउन आग्रह गरे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij