प्रकाशित मिति : आइतवार, साउन १२, २०७६
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया फाईनलको अन्तिम खेलमा आज नेपाल र सिंगापुरबिच खेल हुदैँछ।
विश्वकपको ग्लोबल छनोटमा पुग्न दुवैका लागि अन्तिम खेल महत्वपुर्ण छ । खेल सिंगापुरको ईन्डियन एसोसियसन मैदानमा नेपाली समय अनुसार बिहान ७ः१५मा सुरु हुनेछ ।
अघिल्लो चरण पुग्न नेपाललाई जित्नै पर्ने रहेको छ । प्रतियोगिताको एक मात्र अपराजित टोली सिंगापुर समेत नेपाललाई निराश बनाउँदै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छ ।
खेल बराबरी वा बर्षाले प्रभावित भएको अवस्थामा सिंगापुर अघिल्लो चरण प्रवेश गर्नेछ । नेपाल समुह चरणको दोस्रो स्थानमा छ । उसले ३ खेलबाट ४ अंक जोडेको छ ।
शीर्ष स्थानको सिंगापुरको समान ३ खेलबाट ५ अंक छ । कुवेतविरुद्व खेल बर्षाले प्रभावित भएपछि सिंगापुरले अंक बाँडेको थियो । नेपालले पहिलो खेलमा कतारसँग हार ब्यहोरेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij