आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डेब्यू बलर नवदीप चम्किदा वेस्ट इण्डिजमाथि भारत ४ विकेटले विजयी

  • प्रकाशित मिति : आइतवार, साउन १९, २०७६



  • भारतले शनिबार पहिलो टि-२० खेलमा वेस्ट इण्डिजलाई चार विकेटले पराजित गरेको छ। जितसँगै भारतले ३ खेलको टि-२० सिरिजमा १-० को अग्रता लिएको छ।

    हिजोको खेलमा भारतीय ब्याटस्म्यानहरूले निराश पारे भने बलरहरूले आफ्नो उत्कृष्ट खेल पस्किए। इण्डिजले भारतलाई ९ विकेटको नोक्सानीमा ९६ रनको लक्ष्य दिएको थियो।

    तर सजिलो लक्ष्य पाएको भारतले यसलाई सजिलै पछ्याउन पाएन। ९६ रनको लक्ष्य भेट्टाउन भारतलाई ६ विकेटको नोक्सानीमा १७.२ ओभरसम्म कुर्नुपर्‍यो।

    भारतका अनुभवी ब्याटसम्यानहरूले क्रिजमा टिक्न सकेनन भने युवा व्याटस्म्यानहरूले गलत सट खेल्दा छिटोछिटो विकेटहरू झरे। रोहित शर्माले सर्वाधिक २४ रन बनाउँदा कप्तान विराट कोहली र मनीष पांडेले समान १९-१९ रन बनाए। यस्तै क्रुणाल पांड्याले १२ रनमा पेभेलियन फर्किए।

    शिखर धवनले मात्र १ रन बनाउन सके भने ऋषभ पन्त पहिलो बलमा बाउण्ड्रीमा क्याचआउट भए। रविन्द्र जडेजाले नटआउट १० रन बनाए। यस्तै वाशिङ्टन सुन्दरले नटआउट ८ रन खेले।

    वेस्ट इण्डिजका लागि किमो पल, सुनील नरेन तथा शेल्डन काँट्रेलले समान २-२ विकेट लिए।

    त्यसअघि ब्याटिङ गरेको वेस्ट इण्डिजले पनि छिटोछिटो रन बनाउने हतारोमा आफ्नो विकेटहरू गुमायो। किरोन पोलार्डले सर्वाधिक ४९ रन बनाए। उनका अलावा इण्डिजका लागि निकोलस पुरनले २० जोड्नुका अलावा अन्य कुनै पनि ब्याटसम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    भारतका लागि डेब्यू बलर नवदीप सैनीले सर्वाधिक ३ विकेट लिए। उनले निकोलस पुरन, किरोन पोलार्ड तथा शिमरोन हेटमायरलाई पेभेलियन फर्काएका थिए।

    यस्तै भुवनेश्वर कुमारले २ विकेट लिए भने वाशिङ्टन सुन्दर, खलील अहमद, क्रुणाल पांड्या र रविन्द्र जडेजाले समान १-१ विकेट लिए।

    दोश्रो खेल आइतबार हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij