शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

लगातार मृत्युको घटनाले स्थानीय स्तब्ध

  • प्रकाशित मिति : शनिबार, मंसिर ४, २०७३



  • बागलुङ  । तिहारको रमझम थियो गाउँमा । बागलुङको धम्जा २ असौजेकी अनिता थापा मलेसियामा रहेका दाजु तिहारमा नआए पनि देउसीभैलो खेल्दै न्यास्रो मेटाउने धुनमा थिइन् । लक्ष्मीपूजाको दिन मलेसियाबाट उनका दाजु प्रकाश थापाको दुःखद् मृत्युको खबर आयो । थापाको शव १० दिनपछि घर ल्याएर अन्त्येष्टि गरिएको छ ।
    धम्जा गाविस ४ का ३० वर्षीय ज्ञानबहादुर किसानले पनि गत वर्ष मलेसियामा उस्तै अप्रिय मृत्यु बेहोर्नुपर्‌यो । ड्युटी सकेर राति सुतेका उनी फेरि उठेनन् । उनका पत्नी, एक छोरा र एक छोरी छन्।

    मलेसियामा कार्यरत धम्जा ४ कै ३९ वर्षीय नन्दलाल विकको पनि दुई वर्षअघि अल्पायुमै ज्यान गयो । रोजगारीको सिलसिलामा लामो समय विदेशमा रहेका विकको राति सुतेकै अवस्थामा प्राण गयो । परिवारका मुख्य अभिभावक विकको निधनपछि उनका पत्नीसहित दुई छोरा र एक छोरीको पठनपाठन र जीविकोपार्जनमा समस्या देखापरेको छ ।

    एकै गाउँका युवाहरूको मलेसियामा लगातार मृत्यु भएको घटनाले स्थानीय स्तब्ध भएका छन् भने विदेशप्रतिको आकर्षणमा रहेका युवा पनि सशंकित बनेका छन् ।
    बर्सेनि गाउँमा शव आउन थालेपछि मलेसियामा रहेका आफन्तलाई फोन गरी सक्दो छिटो घर फर्कन आग्रह गरेको स्थानीयले बताएका छन् । न्यून आय भएका परिवारको आकर्षक गन्तव्य मानिएको मलेसियामा नजान अभिभावकले आग्रह गर्न थालेको स्थानीय खर्कमान छन्त्यालले बताए, आजको अन्नपूर्ण पोस्टमा खबर छ  ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij