शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

महिलाले एकैपटक ३ सन्तान जन्माउँदा परिवारमा हर्षसँगै चिन्ता

  • प्रकाशित मिति : शनिबार, मंसिर ४, २०७३



  • सिरहा । तराईको अतिविपन्न समुदायकी २६ वर्षीया बुद्धनी सदायले एकै पटकमा तीनवटा बच्चा जन्माएकी छिन् ।
    एकै पटक तीन बच्चा जम्माउनु नयाँ विषय होइन । तर सदाय परिवारमा गरीबीका कारण तीनवटा बच्चाको जन्मले खुसीसँगै चिन्ता ल्याएको छ । तीनमध्ये दुई छोरा र एक छोरी रहेका छन् ।

    बुद्धनी र उनका श्रीमान पवनले गरेको दैनिक ज्यालामजदुरीबाट गुजारा चलाउँदै आएका सदाय परिवारलाई तीनवटा नानीहरु कसरी हुर्काउने चिन्ताले सताउन थालेको छ ।
    ‘सन्तान पाएकोमा खुसी नहुने आमा काहाँ होला र ? खुसीसँगै यिनीहरुलाई कसरी हुर्काउने भन्ने चिन्ताले पिरोल्न थालेको छ; सदायले भनिन्– ‘पहिला दुवै बुढाबुढी कमाउँथ्यौ अव एकैजनाको कमाईले यी सानानानीहरुलाई कसरी हुर्काउने ?’

    यसअघिका पनि सदायएका ८ वर्षिया छोरी पुजा र ५ वर्षका छोरा प्रविण छन् । सदायले भनिन्–‘उनीहरुपनि बालखा नै छन्,सम्झिदा नै मन वेचैन भएर आउँछ ।’
    गर्भरहेको ७ महिनापछि गर्भमा ३ वटाबच्चा छ भन्ने सदाय परिवारले जानकारी पाएका थिए । तीनवटा वच्चा गर्भमा रहेको थाहा पाउँदा पाउँदैपनि आर्थिक अभावका कारण सुत्केरी गराउन अस्पताल जान सकेका थिएनन् ।

    घरमै सुत्केरी वेथा लागेका सदायलाई धेरै पेट दुख्न थालेपछि गाउँमै गिरहत (साहु) सँग ऋण लिएर कात्तिक १९ गते वेलुका लहानस्थित सप्तऋषि अस्पताल पुर्याइएको वुद्धनीकी ससुरा छेदिया सदायले जानकारी दिए ।

    उनले भने , ‘अस्पतालले तीनवटा बच्चा रहेको भन्ने थाहापाएपछि वाहिर लान भनेपनि आर्थिक अभावका कारण लग्न सकिरहेको थिइनँ, भाग्यले भोलीपल्ट विहान २० गते बच्चाहरु जन्मिए ।

    जन्मेका बच्चाहरु सवै स्वस्थ भएपनि कान्छि छोरीको दाहीनेहातका औंलाहरु राम्रोसँग विकसित भएका छैन । जन्मदै दुई छोराहरु २÷२ केजी र छोरी एक केजी ५०० सय ग्रामका थिए । अहिले घरमा पनि उनीहरु स्वस्थ नै देखिएको बुद्धनीले सुनाइन् ।

    तीनवटा बच्चा जन्मिएको थाहापाएपछि गाउँकै सहयोगीहरुले लाउने कपडा दिएको बुद्धनीले बताइन् ।
    सम्पतिको नाममा सदाय परिवारको बस्ने छाप्रोबाहेक केही छैन । पवनका बुवा आमा चारजना दाजु–भाई, बुहारी, वहिनी सहित १५ जनाका परिवार आ–आफ्नो गरीखाएपनि त्यही छाप्रो वस्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij