शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

फेरी बन्द, नेविसंघ र तरुणदलको आवहान

  • प्रकाशित मिति : शनिबार, मंसिर ४, २०७३



  • कावासोती । नवलपरासीको नवलपुर क्षेत्रमा भोली बन्दको आवहान गरीएको छ । नवलपरासीको नवलपुर क्षेत्रको सिमाङकनको विषय लाई लिएर भोलि आईतबार एक दिन नवलपुर क्षेत्र बन्दको आवहान गरीएको हो ।

    नेपाली काग्रेसको भातृ संगठन नेविसंघ र तरुणदलको आवहानमा नवलपुर क्षेत्र लाई प्रदेश नम्बर ४ मा नै कायम गरीनुपर्ने माग गर्दै बन्दको आवहान गरीएको कावासोतीमा आज पत्रकार सम्मेलन गर्दै नेविसंघका केन्द्रिय सदस्य रामचन्द्र भट्टराई आरसीले बताए । नेविसंघका केन्द्रिय सदस्य रामचन्द्र भट्टराई तथा तरुणदल नवलपरासी क्षेत्र नम्बर २ का सभापती राजन सुवेदीद्धारा संयुक्त हस्ताक्षरीत विज्ञप्तिमा नवलपुरको सिमा हेरफेर गरे आन्दोलनको आधिवेहरी ल्याउने चेतावनी दिँदै भोली १ दिनको लागी बन्दको आवहान गरिएको जनाएको छ ।

    साथै यस विषयमा काग्रेस , माओवादी तथा अन्य दल संग पनी छलफल भईरहेको भन्दै नवलपुर बासीको एकमात्र माग २०७२ सालको संविधानको सिमाङकननै भएको भन्दै सबै लाई आन्दोलनमा सहभागीताको लागि आग्रह समेत गरेका छन् ।

    सोमबार ६ गते संविधान संसोधन प्रस्ताव संसदमा पेश हुन लागेको भन्दै नवलपुर बासीको मागलाई संबोधन गर्न राजनितिक दलका नेता लाई आग्रह गरीएको छ । विभिन्न दलको माग भन्दै नवलपुर लाई प्रदेश नम्बर ५ मा राखीए जस्तोसुकै आन्दोलन गर्न समेत आफुहरु तयार रहेको भन्दै यस्तो कुचेष्टा नगर्न सम्बन्धित निकाए लाई सचेत समते गराईएको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij