प्रकाशित मिति : शनिबार, मंसिर ४, २०७३
भक्तपुर । पैसाको मात्र कारोवार गर्ने नभएर आजभोली वित्तीय संस्थाहरुले सामाजिक कार्यलाई समेत महत्व दिन थालेका छन् । जिल्लामा बेलाबेलामा हुने रगतको कमीलाई केहीभएपनि कम गर्न रक्तदान कार्यक्रम संचालन गर्ने गरीएको सहकारी संस्थाका संचालकहरु बताउछन् ।
भक्तपुरमा रहेका विभिन्न सहकारी संस्थाहरुले आफ्नो वार्षिक साधारण सभा वा स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।
भक्तपुरमा दुई सहरकारी संस्थाले आयोजना भएको रक्तदान कार्यक्रममा ९९ जनाले रक्तदान गरेका छन् । श्री युवा बचत तथा ऋण सहकारी संस्था लि.ले १८औं स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा ११ महिलासहित ७० जनाले रक्तदान गरेको संस्थाका सचिव सोम शर्मा बजगाईंले जानकारी दिए ।
यसैगरी भक्तपुर कमलविनायकमा रहेको शुभज्योती साकोसको पाँचौ बार्षिक साधारण सभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको संस्थाका सचिव दामोदर दंगालले जानकारी दिएकाछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij