मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नयाँ नियमावलीअनुसार बुधबारबाट लाइसेन्स परीक्षा

  • प्रकाशित मिति : आइतवार, मंसिर ५, २०७३



  •  
     
    218

     

    1

     

    काठमाडौं   ।   दुई महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा ८ मंसिरदेखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले नयाँ प्रावधानसहित लाइसेन्स परीक्षा सुरु गर्न लागेको हो । yatayat (2)

    सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन भएपछि असोजको पहिलो सातादेखि देशभर परीक्षा रोकिएको थियो । नयाँ नियमावलीअनुसार सबै तयारी पूरा भएकाले परीक्षा सुचारु गर्न लागिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । ‘सफ्टवेयर अपडेट भएको छ,’ उनले भने, ‘अब देशभरि नै ८ गतेदेखि लाइसेन्सको लिखित र ट्रायल परीक्षा सुरु हुन्छ ।’

    यसअघि विभागको सफ्टवेयरमा एकपटक ट्रायल दिएपछि तीन महिनासम्म दिन नपाइने सिस्टम बनाइएको थियो । कसैले तीन महिना नपुगी परीक्षा दिन गए सफ्टवेयरबाट थाहा हुन्थ्यो । संशोधित नियमावलीले एकपटक लिखित परीक्षा उत्तीर्ण गरेपछि ९० दिनभित्र तीनपटकसम्म ट्रायल दिन सकिनेछ । ९० दिनभित्र जुनसुकै तीन दिन ट्रायल परीक्षा दिन पाउने गरी नियमावली संशोधन गरिएकाले सोहीअनुसार सफ्टवेयर अपडेट गरिएको छ ।

    एकपटक असफल भएपछि तीन महिना कुर्नुपर्ने प्रावधानले समस्या भएकाले संशोधन गरिएको हो । पछिल्लो समय ट्रायल परीक्षामा आधाभन्दा धेरै अनुत्तीर्ण हुने गरेका छन् । नयाँ प्रावधानले परीक्षार्थीलाई फाइदा हुनेछ । तर, लिखित परीक्षामा नै अनुत्तीर्ण भएको खण्डमा भने अर्काे परीक्षा दिन तीन महिना नै कुर्नुपर्ने डा. पाण्डेले बताए ।

    उपत्यकामा गाडी र मोटरसाइकलको ८ गतेबाट सुरु हुने र उपत्यकाबाहिर पनि अञ्चल प्रहरी कार्यालयले केही दिनभित्रै सूचना जारी गरी परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । उपत्यकामा मीनभवनमा मोटरसाइकल तथा भद्रकालीस्थित नेसनल ट्रेडिङको जग्गामा विभागले गाडीको ट्रायल परीक्षा लिँदै आएको छ । विभागले गुर्जुधारामा आफ्नै ट्रायल सेन्टर बनाउन लागेको छ । तीन महिनापछि सोही स्थानबाट ट्रायल परीक्षा सञ्चालनको तयारी भइरहेको छ ।

     

    0

     

    chhaugoathअछाम   ।    तिमिल्सेना–७ अछामकी डम्मरा उपाध्यायको छाउपडी गोठभित्रै ज्यान गएको छ । महिनावारी भएको पाँचौं दिनको राति २१ वर्षीया डम्मरा छउगोठभित्र मृत अवस्थामा भेटिएकी हुन् । शनिबार अबेरसम्म पनि नउठेपछि घरका अन्य सदस्य उठाउन पुग्दा छाउगोठभित्रै घोप्टो परेको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले बताए ।

    उनी घरबाट ४० फिटको दुरीमा रहेको छाउगोठमा महिनावारी भएको पहिलो दिनदेखि नै एक्लै बस्दै आएकी थिइन् । मृतक उपाध्यायको नाकबाट रगत बगेको तर अन्य कुनै पनि चोटपटक भने नदेखिएको प्रहरी निरीक्षक ढकालले बताए । ‘अत्यधिक पेट दुखेर घोप्टो परेको हुनुपर्छ,’ ढकालले भने, ‘त्यसैको पीडाले पनि मृत्यु भएको हुनुपर्छ ।’

    शुक्रबार राति स्वस्थ अवस्थामा सुतेकी उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि सोको पुष्टि भइसकेको छैन । शनिबार नै उनको शव जिल्ला अस्पताल मंगलसेनमा पोस्टमार्टम गरिएको छ । मृतकका श्रीमान् यज्ञराज उपाध्याय नोकरीका लागि भारतमा छन् ।

    अछाममा मात्र १० वर्षको अवधिमा छाउगोठमा बसेका बेला सर्पले टोकेर, निसास्सिएर र आगोले पोलेर नौजना महिलाको मृत्यु भइसकेको छ ।

    अछाममा महिनावारी भएको सात दिनसम्म छाउपडी गोठमा बस्नुपर्ने चलन छ । महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने अवस्था अन्त्यका लागि विभिन्न क्षेत्रबाट प्रयास भए पनि यो चलन अझै हटिसकेको छैन ।

    अछाममा २० गाविस तथा तीन नगरपालिकाका गरी १८ ओटा वडालाई छाउपडी गोठमुक्त क्षेत्र घोषणा गरिएको भए पनि अन्य क्षेत्रमा यो समस्या यथावत् छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij