शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सरकारको लापरबाहीले जन्ताले भोगे सास्ती(Video)

  • प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६



  • मधुकर पाण्डे, काठमाडौ

    काठमाडौबाट नुवाकोट जाने बाटो मर्मत गर्न दबाब कार्यक्रम आईतबार तिनपिप्लेमा सम्पन्न भएको छ,नेपाली काङ्ग्रेस नुवाकोटको गाऊँ/नगर सम्पर्क समितिको आयोजनामा बिरोध कार्यक्रम भएको हो।

    राजधानी काठमाडौबाट नुवाकोट धादिङ र रसुवा हुँदै केरुङ नाका जोड्ने बाटो एक हप्ता देखि बन्द हुँदा सर्बसाधारणले सास्ती भोग्नुपरेको हो ।

    यो बाटोमा २०७१ सालमा १ अरब १० करोड मा ठेक्का लिएको ठेकेदार कम्पनी सैलुङ कन्ट्रक्सनको लापरबाहीको कारण यस्तो अबस्थामा जनताले पटकपटक दुख पाउँदै आएको स्थानीयहरुको गुणासो रहेकोे छ ।

    ने.क.पा नेता पुष्प कमल दाहालको निकै नजिक मानिने ठेकेदार कम्पनीका मालीक सारदा अधिकारीले नेताहरुको आडमा कसैलाई नटेरी काम नगर्नुले दुख पाउनुपरेको स्थानीय युबा ॠषी तामाङले बताउनुभयो ।

    नेताको नजीक रहेका ठेकेदार कम्पनीले ठेक्का लिने अनि काम नगर्दा आफुहरुले खबरदारी गर्न नसक्ने अबस्थामा रहेकोे एक सडकका ईन्जिनियरले नाम नभन्ने सर्तमा समस्या बताउनुभयो ,यदी आफुहरुले केहि भनेमा कतीखेर कता दुख पाउनुपर्ने हो भन्नै नसकिने कुरा उहाँले बताउनुभयो र यसरी दिएको काम कसरी प्रभावकारी होला ??? नेता प्रचण्डलाई बस्ने घर फ्री मा उपलब्ध गराउन सक्ने कम्पनीका मालीक अधिकारीलाई कस्ले छुन सक्ने अहिलेको दुई तिहाईको सरकार भएको बेलामा, ।

    सरकारलाई दोष दिदै सहभागी स्थानिय एक बृद्धले भन्नुभयो उहिले मान्छेलाई मारेर दुख दियो अहिले सरकार चलाउँदा पनि दुख दिन छाडेन यो दाहालले कहिले सुध्रिने होला हँ भन्दै उल्टो हामीलाई प्रति प्रस्न गर्नुभयो नुवाकोट जानै नसकिने अबस्था छ।

    देश को दुई तिहाइ सरकारलाई तलमाथि गर्न सक्ने सैलुङ कन्स्ट्रक्सनलाइ कसैले हलचल गर्न नसक्ने ब्यक्ति परेकोले तीन जिल्ला बासीले दु:ख पाएका छन। अफसोच कम्पनी मालीक पनि नुवाकोट बासि नै हुनुहुन्छ ।

    अझै पनि समयमा ठेकेदार कम्पनीले लापरबाही गरीरहे जन्ताको बेहाल हुने निश्चित छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका नुवाकोट जिल्ला सभापती जगदीश्वर नर्सिङ के.सी को प्रमुख आतिथ्य भएको थियो भने बक्ताहरुमा नेपाली काङ्ग्रेसका महासमिति सदस्य युवा नेता रमेशकुमार महत,क्षेत्रीय सभापती अर्जुन न्यौपाने लगायतकाले बिरोध कार्यक्रमलाई संबोधन गर्नुभएको थियोे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij