शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

रसुवागढी नाका भएन व्यवस्थित

  • प्रकाशित मिति : सोमवार, मंसिर ६, २०७३



  • काठमाडौं । रसुवा जिल्लाको रसुवागढी सीमा नाकामा चीनतर्फ आकर्षक शैलीमा निर्माण गरिएको अध्यागमनको कार्यालय छ भने नेपालतर्फ सामान्य टिनको छानोमा राष्ट्रिय झण्डा फहराइरहेको छ ।

    नेपालतर्फको कच्ची सडकको धुलोबाट बच्न नेपाली सुरक्षाकर्मी मास्क लगाएर सीमामा खटिएका हुन्छन् र निहुरिएर पस्नुपर्ने र थोरै मात्र बस्न मिल्ने अस्थायी टहरामा सुरक्षाकर्मीको कार्यालय सञ्चालन भइरहेको छ।

    चीनको केरुङबाट पेट्रोलियम पदार्थ र अन्य सामग्री नेपाल ल्याउने भनी बहुप्रचारित रसुवागढी खण्डको नेपालतर्फको सडकको अवस्था अत्यन्तै दयनीय छ । रसुवागढीबाट २४ किलोमिटर चीनतर्फ गएपछि मात्रै चीनको केरुङ पुगिन्छ । चीन सरकारले सिगात्सेबाट पाँच सय किलोमिटरको दूरीमा रहेको केरुङसम्म रेल ल्याउने योजना बनाएपछि नेपालीको ध्यान यही नाकातर्फ केन्द्रित छ ।

    भोटेकोसीपारि रहेको चीनतर्फको पूर्वाधार तथा नेपालतर्फको पूर्वाधार हेर्दा सहजै अनुमान गर्न सकिन्छ, नेपाली राजनेताहरूको भनाइ यथार्थभन्दा कति टाढा छ भनेर । चीनतर्फ सामान लिन गएका कन्टेनरको लामो लाम हुन्छ, कन्टेनरहरू लाममा बसेपछि सडकबाट मोटरसाइकलसमेत छिर्न सक्दैनन् ।

    डेढ वर्षअघि गएको भूकम्पबाट क्षतिग्रस्त सडकमा माथिबाट झरेका कन्टेनरभन्दा ठूला ढुङ्गा देखिन्छन्। एकतर्फी मात्रै सवारी चल्ने गरी खोलिएको सडकलाई फराकिलो बनाउने, सीमा नाका व्यवस्थित गर्नेतर्फ कुनै पहल भएको देखिँदैन ।

    सीमामा खटिएका प्रहरी सहायक निरीक्षक ज्योतेन्द्र भण्डारीले भने, “भूकम्पले क्षति पु¥याएको चीनतर्फको सडकखण्ड निर्माण तीव्र पारिएपछि केही दिनयता गाडी जान बन्द गरिएको छ । खाना खाने समयमा मात्रै एक घण्टा सवारी खुल्छ ।”

    भण्डारीले भने, “सडक कच्ची छ, त्यो पनि निकै सानो छ, लोडगाडी आउने गर्छन्, वर्षा हिलोको समस्या र अहिले धुलोले सताएको छ, नेपालतर्फको पार्किङ व्यवस्थित छैन, तल टिम्बुरेमा बन्दैछ, यहाँ त खाली जग्गामा मात्रै पार्किङ गर्ने हो, समस्या त धेरै छन् । ”

    यी सुरक्षाकर्मीको आशा कहिले साकार हुने हो थाहा छैन । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि यो नाकाबाटै सामान ल्याइने गरिएको छ ।

    सडक स्थायी रूपमा चल्ने बनाउने सरकारी योजना त छ तर कहिले बन्ने हो, त्यो भने कसैलाई थाहा छैन । तीन महिनायता सडक निर्माण गर्ने वा सुधारका लागि कुनै प्रयास भएको छैन ।

    यहाँको मुख्य समस्या सडकको दुरवस्था हो । नेपालको अध्यागमन कार्यालय भने सीमा क्षेत्रभन्दा केही तल टिम्बुरेमा पक्की भवनमा रहेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij