शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

स्वास्थ्यक्षेत्रमा उत्कृष्ट दशभित्र बैतडी तेस्रोमा

  • प्रकाशित मिति : सोमवार, मंसिर ६, २०७३



  • बैतडी । स्वास्थ्य मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा सुदूरपश्चिमका पाँच जिल्ला उत्कृष्ट दशभित्र परेका छन् ।

    स्वास्थ्य क्षेत्रका ३५ वटा सूचकमा मूल्याङ्कन टोलीले तयार पारेको ३५ वटा छुट्टाछुट्टै सूचकबाट प्राप्त अङ्कका आधारमा तथा आर्थिक वर्ष २०७२–७३ को राष्ट्रिय समीक्षा गोष्ठीमा उत्कृष्टताका आधारमा जिल्लाको नाम सार्वजनिक गरिएको हो ।

    सार्वजनिक नामका आधारमा हेर्दा यस वर्ष कार्यसम्पादन मूल्याङ्कनका आधारमा सुदूरपश्चिमको अछाम उत्कृष्ट जिल्ला बनेको छ । अछामले कार्यसम्पादन मूल्याङ्कनमा सर्वाधिक ९२ दशमलव ३७ प्रतिशत अङ्क ल्याएको छ । सुदूरपश्चिमकै बैतडी जिल्ला ९० दशमलव ४१ अङ्क ल्याई तेस्रो स्थानमा उक्लिएको हो । योभन्दा अगाडि बैतडी स्वास्थ्य सूचकाङ्कको चौथो स्थानमा रहेको थियो ।

    स्वास्थ्य क्षेत्रमा नियमित प्रगतिको फड्को मारिरहेको बैतडीले यसपालि एक स्थान माथि उक्लिन सफल भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताए । उनले भने, “स्वास्थ्यको क्षेत्रमा ३५ वटा सूचकभित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भजाँच, क्षयरोग, बेरुजु फछ्र्योट, क्षेत्रीय स्वास्थ्यले दिएको अङ्क र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा मूल्याङ्कन गरिएको हो ।”

    स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदूरपश्चिमकै बझाङ ८९।०३ प्रतिशत अङ्कसहित चौथो स्थानमा रहेको छ भने ८८.२२ प्रतिशत अङ्कसहित डोटी पाँचौँ स्थानमा परेको छ । यस्तै सुदूरपश्चिमकै विकट जिल्ला बाजुरा ८८ प्रतिशत अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।

    पछिल्ला तीन वर्षयता सुदूरपश्चिमका जिल्लामा स्वास्थ्य सूचकाङ्कमा उत्कृष्ट हुँदै आएका छन् । भौगोलिक रुपले विकट र अन्य सूचकाङ्क हिसाबले पछि रहेको सुदूरपश्चिम स्वास्थ्य क्षेत्रमा भने अघि देखिँदै आएको छ । स्वास्थ्य मन्त्रालयले प्रत्येक वर्ष गर्ने मूल्याङ्कनमा सुदूरपश्चिमका पाँच वटा जिल्ला उत्कृष्ट १० जिल्लामा परेका हुन् ।

    कार्यसम्पादन मूल्याङ्कनका क्रममा सबैभन्दा कमजोर मनाङ जिल्ला देखिएको छ । मनाङले ५७ दशमलव ६५ प्रतिशत नम्बर ल्याएर अन्तिममा पुगेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij