शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

ललितपुरमा ट्राफिक कारवाही परे, अब बग्गीखाना जान नपर्ने

  • प्रकाशित मिति : सोमवार, मंसिर ६, २०७३



  • ललितपुर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्वसाधारणहरुलाई सजिलो पार्नको लागि ललितपुरको सम्पूर्ण ट्राफिक गतिविधि तथा कामकारबाही सातदोबाटोबाट सुरु गरेको छ ।

    महाशाखाका प्रमुख प्रकाश अर्यालले सर्वसाधारणलाई ट्राफिक कामकारबाही सम्बन्धि सहज बनाउन यस्तो कार्य सुरु गरेको बताए ।

    चालकले कुनै गल्ती गरेपनि चालकको कागजपत्र महाशाखा नै पुग्ने भएकाले यस्तो झन्झट हटाउने उद्देश्यका साथ ललितपुरमा कम्प्युटर प्रणालीबाट यस्तो कार्य सुरु गरेको ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

    उनले यस्तो कार्य लागू हुने बित्तिकै समयको बचत हुने, ट्राफिक गतिविधि समेत कम हुने, महाशाखामा हुने भीड पनि कम हुने, आफ्नै घर नजिकै ट्राफिक कामकारबाही हुने भएकाले स्थानीयहरु र ललितपुरको रुटमा चल्ने सवारी साधनका चालक तथा धनीहरुलाई सहज हुने बताए ।

    ललितपुर ट्राफिक प्रहरीका अनुसार ललितपुरमा दैनिक चार सयदेखि पाँचसम्म कारबाही हुँदै आएका थिए । अब त्यस्ता कारबाहीको छिनोफानो सातदोबाटो ट्राफिक प्रहरीले गर्ने भएको छ ।

    यसबाहेक ललितपुरमा हुने सवारी दुर्घटनाका मुद्दा पनि सातदोबाटोबाट नै टुंग्याइने हाछेथुले बताए ।

    सातदोबाटोस्थित जनसयोगबाट निर्माणधिन ट्राफिक प्रहरी भवन पूर्ण भएपछि लेनको र मापसेको कक्षा पनि सातदोबाटोबाट नै हुने उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij