शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

४५ दिने शिशुलाई जब बिरालोले आफ्नो शिकार बनायो….

  • प्रकाशित मिति : सोमवार, मंसिर ६, २०७३



  • तपाईंले घरमा यस्ता जीवजन्तु पाल्नुभएको होला जसबाट तपाईंलाई कुनै पनि खतरा नहुने सोच्नुभएको होला । तर सधैं मानिसले सोचेको जस्तो कहाँ हुन्छ छ । घरमा पालेको बिरालोले परिवारको कुनै सदस्यको ज्यान नै लिन्छ भन्ने कसले सोचेको हुन्छ र ? तर यस्तो डरलाग्दो दुर्घटना भारतमा भएको छ ।

    भारतको उत्तर प्रदेशको कानपुरमा एक ज्यानमारा बिरालोले ४५ दिने शिशुको ज्यान लिएको छ । शिशुको मुखमा दुध लागेको भएर बिरालोले आक्रमण गरेको बताइएको छ ।

    उत्तर प्रदेशको जनपद कानपुरको सनिगवां थाना क्षेत्रमा एउटा बिरालो ४५ दिने बालिकाको हत्यारा बनेको हो । बिरालोको आक्रमणले ती शिशुको तत्काल मृत्यु भयो । बत्तीको काम गर्ने धर्मपालकी श्रीमती शशीले गत बिहिबार आफ्नी नवजात शिशुलाई आँगनमा राखिएको चारखुट्टे खाटमा सुताएर भान्सामा काम गर्दै थिइन् । एक्कासी आफ्नी छोरी रोएको सुनेपछि उनी बाहिर आइन् तब उनले नजिकैबाट एउटा बिरालो त्यहाँबाट दौडिएको देखिन् । रगताम्मे छोरीलाई हातमा उठाउँदा उनी बेहोस थिइन् ।

    शशीले वरिपरिका मानिससँग सहयोग मागिन् र छोरीलाई अस्पताल पुर्याइन् जहाँ उनलाई डाक्टरहरुले मृत घोषणा गरे ।

    ‘हामीले यस्तो घटनाबारे कहिले पनि सुनेका र देखेका थिएनौं,’ अस्पतालका एक कर्मचारीले बताए ।
    बालिकाको निकै भयानक मृत्युपछि परिवार निकै विक्षिप्त बन्यो ।

    शिशुका पिता धर्मपालका अनुसार शशीले बिहान छोरीलाई नुहाइन् र उनलाई तेलको मालिस गरेपछि दुध खुवाएर सुताइन् । दुध ख्वाउँदा छोरीको मुखमा दूध लागेको हुनुपर्छ त्यसकारण बिरालोले उनीमाथि हमला गरेको हुनुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij