मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

थाहा पाउनुस्, जाडो महिनामा घाममा बसेर बदाम खानुका फाइदा

  • प्रकाशित मिति : सोमवार, मंसिर ६, २०७३



  • बदाम जाडो महिनाको सबैभन्दा लोकप्रिय ‘टाइमपास’ हो । चिसो मौसममा साथीहरुसँग समूहमा बसेर बदाम खानुको मज्जा नै बेग्लै । आजकाल बजारमा चारैतिर बदाम देख्न पाइन्छ । बदामलाई सस्तो काजु र गरिबको ‘एल्मोन्ड’ पनि भनिन्छ । यो स्वादिलो हुनुका साथै यसका थुप्रै लाभ पनि छन् । बदामलाई थुप्रै तरिकाले उपयोग गर्न सकिन्छ । यसको तेल पनि स्वास्द र स्वास्थ्यको लागि निकै प्रचलित छ ।

    बजारमा निकै सजिलै पाइने बदाममा भिटामिन, मिनरल्स, न्यूट्रियन्ट्स र एन्टिअक्सिडेन्ट हुन्छ जसले शरिरलाई स्वस्थ राख्नुका साथै तपाईंलाई सधैं ऊर्जावान् बनाउँछ । यसमा भिटामिन बी कम्प्लेक्स, नियाचिन, रिबोफ्लेविन, थियामिन, भिटामिन बीसिक्स, भिटामिन बिनाइन र पेन्टोथेनिक एसिड पाइन्छ जसले तपाईंको स्वास्थ्यलाई निकै लाभ पुर्याउँछ ।

    बदाममा मोनो इन्स्याचुरेटेड फ्याटी एसिड पाइन्छ जसले एलडीएल वा खराब कोलेस्ट्रोललाई कम गरेर राम्रो कोलेस्ट्रोललाई बढाउँछ ।

    यसमा प्रोटिन, चिल्लो पदार्थ र ग्लूकोज पाइन्छ । एउटा अण्डा मूल्य बराबरको बदाममा जति प्रोटिन हुन्छ, त्यो दुध र अण्डाको संयुक्त रुपमा पनि हुँदैन । यसको प्राटिन दुधसँग मिल्दो जुल्दो छ । चिल्लो पदार्थ घ्यूसँग पाइन्छ । बदाम खाँदा दूध, बदाम घ्यूको पूर्ति हुन्छ ।

    एक अनुसन्धानका अनुसार जो व्यक्तिको रगतमा ट्राइग्लाइसेराइडको मात्रा अत्यधिक हुन्छ, त्यस्ता व्यक्तिले यदि बदाम खाए उनीहरुको रगतको लिपिड लेवलमा ट्राइग्लाइसेराइडको मात्रा १०.२ प्रतिशत कम हुन्छ ।

    यदि तपाईं जाडो मौसममा बदाम खानुहुन्छ भने तपाईंको शरिर तातो हुन्छ । यो खोकी लाग्दा उपयोगी हुन्छ र फोक्सोलाई बलियो बनाउँछ । प्रतिदिन खाना पछि ५० देखि १०० ग्राम बदाम खाँदा तपाईंको स्वास्थ्य रामो बन्छ, खानालाई पचाउँछ, शरिरमा रगतको कमीलाई पूरा गराउँछ र मोटोपना बढाउँछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij