शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

३ वर्षको अबधिमा नवलपरासिमा मात्रै ८८ जनाले ज्यान गुमाउन बाध्य

  • प्रकाशित मिति : सोमवार, मंसिर ६, २०७३



  • नवलपरासि । नवलपरासिमा ३ बर्षको अबधिमा  विदेशि भुमिमा ८८ जनाको ज्यान गएको एक तथ्याङकले देखाएको छ। विकासोन्मुख देश हाम्रो नेपालमा  रोजगारिको अबस्था नभएकाले युवाहरु विदेशि भुमिमा जान बाध्य भएका छन । कतिपय युवाहरु शिक्षाबाट बञ्चित नभए पनि शिक्षा अनुसारको रोजगार नपाउदा विदेशिन बाध्य भएका हुन  ।त्यसै गरि विकट ठाउका मानिसमा जनचेतनाको अभावले गर्दा पनि बढि मात्रामा विदेशिने गरेको सरोकारहरुलाहरुको भनाइ छ ।  नेपालबाट मेडिकल गरेर पास भएर बैदेशिक रोजगारमा पुगेका ४० बर्ष भन्दा कम उमेरका युवाको विदेशि भुमिमा बढि मात्रामा ज्यान गएको सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र कावासोतिका परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो ।
    त्यसै गरि न्युन आर्थिक अबस्था भएका व्यक्तीहरु आफनो आर्थिक अबस्था सुधार गरि परिवारलाई खुसियालि दिन भन्दै सुनौलो सपना बोकि बिदेशि भुमिमा जाने गर्छन कतिपयले त सपना पुरा पनि गर्छन कतिपयको भने अलिकति खुसि पनि लुटिएको विभिन्न उदाहरणहरु हाम्रै समाजमा रहेका छन । त्यस्तै ३ महिनाको अबधिमा  मात्रै नवलपरासीबाट १४ जनाले विदेशी भुमीमा ज्यान गुमाएका छन् । दाउन्ने पुर्वका ७ र दाउन्ने पश्चिमका ७ गरी १४ जनाको मृत्यु भएको हो । जसमध्ये साउदीमा ज्यान गुमाउनेको सङ्ख्या अधिक  रहेको छ ।
     ८ जनाले साउदी अरबको भुमीमा ज्यान गुमाएका छन् । पछिल्लो समय ज्यान गुमाउने सवै ४० वर्ष मुनीका युवा रहेका छन् । केहीको विदेश पुगेको एक हप्तामा नै ज्यान गएको छ । विदेशमा ज्यान गुमाएका मध्ये ८ वटा शव नेपाल आईपुगेको छ भने ६ वटा अझै प्रक्रियामा नै रहेको जनाइएको  छ ।
    साउदीमा ज्यान गुमाएका नवलपरासी तम्सरीया ५ का खुईत प्रसाद महत्तोको शब ल्याउन कठिनाई भैरहेको छ । तर अब १ हत्तामा शब नेपाल आईपुग्ने जानकारी पिएनसीसी मार्फत सुचना केन्द्रले पाएको  परियोजना संयोजक सितुराम सोतीले जानकारि दिनुभयो । त्यस्तै राकाचुली १ का वीरबहादुर सुनारको शव ल्याउन पनि  कठिनाई परिरहेको जनाइएको छ । उनी साउदीको आवामा रहेको मताम अल मरासीम रेष्टुरेण्टमा हेल्परको काम गर्दथे ।सुनार परिवारले शव ल्याउन सहयोग गरिदिन कावासोतीमा रहेको सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा पनि निवेदन दिएको  परामर्श दाता लम्सालले बताउनुभयो ।
    जिल्लामा परियोजना सञ्चालन भएदेखी (सन् २०१४ जुन देखी) हालसम्म ८८ जनाको मृत्यु भएको र शव नेपाल ल्याईदिन सहयोगका लागी आग्रह सहितका निवेदन परेको जनाइएको  छ । केन्द्रले सकेसम्म स्वदेशमा नै रोजगारी गर्न र वैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना र सिप सिकेर मात्रै विदेश जान आग्रह  समेत गरेको छ  ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij