मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दैनिक बिहान खाली पेटमा किसमिसको पानी पिउँदा हुन्छन् यी १२ फाइदा

  • प्रकाशित मिति : सोमवार, मंसिर ६, २०७३



  • किसमिसको पानीमा भरपूर मात्रामा भिटामिन्स र मिनरल्स हुन्छ जसले शरिरका लागि फाइदाजनक हुन्छ । इन्डियन इन्स्टिच्युट अफ आयुर्वेदका डा. एस आर यादवका अनुसार किसमिस ऊर्जाले भरपूर ‘लो फ्याट फुड’ को जसमा आइरन, पोटासियम, भिटामिन र एन्टी अक्सिडेन्टको भरपूर मात्रा रहेको हुन्छ । यससलाई पानीमा भिजाउँदा यसको फाइदा बढ्ने गर्दछ ।

    कसरी बनाउने किसमिसको पानीः
    एक कप पानी उमालेर त्यसमा एक मुट्ठी पखालिएको किसमिस हालेर रात भरी भिजाउनुहोस् । त्यसलाई बिहान मनतातो गरेर खाली पेटमा पिउँनुहोस् र किसमिस चपाएर खानुहोस् ।

    १. कब्जियतको समस्या टाढा हुन्छः
    किसमिस रातभरी पानीमा भिजिसकेपछि यो फुलेर प्राकृतिक ल्याक्सेटिभको काम गर्दछ । दैनिक बिहान खाली पेटमा यसको पानी पिउँदा पेटको राम्रोसँग सफाइ हुनेछ ।

    २. एसिडिटीको समस्याबाट छुटकाराः
    किसमिसमा पाइने सोलुबल फाइबरले पेटको राम्रो सफाई गरेर ग्याँस र एसिडिटीबाट छुटकारा दिलाउँछ ।

    ३. स्वस्थ मृगौलाः
    किसमिसको पानीमा पोटासियम र म्याग्नेसियमजस्ता मिनरल्स हुन्छ । यसले शरिरबाट टक्सिन निकालेर मृगौलालाई स्वस्थ बनाउँछ ।

    ४. रगतको कमी हुनबाट बचाउँछः
    किसमिसको पानीमा आइरन, कपर र बी कम्प्लेक्सको प्रचुर मात्रा हुन्छ । यसले रगतको कमीलाई टाढा राखेर रक्त कोसिकाहरुलाई स्वस्थ बनाउँछ ।

    ५. क्यान्सरबाट बचाउः
    किसमिसको पानीमा हुने एन्टिअक्सिडेन्टले शरिरको कोशिकालाई स्वस्थ बनाएर क्यान्सरजस्तो रोगबाट बचाउँछ ।

    ६. रुघा खोकी, ज्वारो र संक्रमणबाट जोगाउँछः
    रातभरी भिजेको किसमिसको पानीमा पोलिफोनिक फायटोन्यूट्रियन्ट्स हुन्छ जसले एन्टी ब्याक्टेरियलको भूमिका निर्वाह गरी रुघा, खोकी, ज्वरो र संक्रमणबाट बच्न सहयोग गर्दछ ।

    ७. कमजोरी हटाउँछः
    किसमिसको पानीमा एमिनो एसिड हुन्छ जसले ऊर्जा प्रदान गर्छ । यसले थकान र कमजोरी टाढा गर्न मद्दत गर्दछ ।

    ८. आँखालाई तेजिलो बनाउँछः
    यो पानीमा भिटामिन ए, बिटा केरोटिन र आँखाको लागि फाइदाजनक फायटोन्यूट्रियन्ट्स हुन्छ । यसले आँखको कमजोरीलाई हटाउँछ ।

    ९. तौल घटाउन सहयोगः
    किसमिसको पानीले मेटाबोलिजमलाई राम्रो गरेर फ्याट बर्निङ प्रोसेसलाई तिब्र गराउँछ । यसले तौल घट्न सहयोग गर्दछ ।

    १०. हड्डी बलियो बनाउँछः
    किसमिसको पानीमा क्याल्सियमको मात्रा भरपूर हुन्छ । यसले हड्डीलाई बलियो बनाउँछ । आर्थराइटिसबाट बचाउँछ ।

    ११. स्वस्थ छालाः
    यसमा पाइने फिनोल र एन्टी अक्सिडेन्टले छालालाई स्वस्थ राख्छ, क्षतीको मर्मत गर्छ । यसले छालालाई स्वस्थ र नरम बनाउँछ ।

    १२. स्वस्थ कपालः
    यसको पानीमा कपालको लागि आवश्यक भिटामिन बी, पोटासियम र एन्टी अक्सिडेन्ट हुन्छ । यसले कपाललाई स्वस्थ र चम्किलो बनाउँछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij