शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

घरबाट पानी बोकेर विद्यालय जानुपर्ने बाध्यता

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ७, २०७३



  • म्याग्दी । म्याग्दीको ओखरबोट गाविस–१, फूलबारीमा अवस्थित पुरुषोत्तम प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी किताब कापीसँगै पिउने पानी समेत बोकेर विद्यालयमा आउन बाध्य छन् ।

    गत साउनमा स्थानीय रितुङ खोलामा आएको बाढीले खानेपानीको पाइप बगाउनुका साथै खानेपानीका लागि बनाइएका संरचना भत्काइ दिएपछि ५० घर रहेको फूलबारीका सम्पूर्ण बासिन्दा र विद्यालयका विद्यार्थीलाई खानेपानीको सास्ती खेप्नुपरेको हो ।

    छिमेकी गाविस निस्कोटबाट ल्याइएको खानेपानीको पाइप बगाएपछि पुनः मर्मत सम्भार तथा आपूर्तिमा समस्या भएको स्थानीय चूडामणि सापकोटाले बताए ।

    फूलबारीमा रहेका करिब ५० घरधुरी, स्थानीय पुरुषोत्तम प्राथमिक विद्यालयमा रहेका १०० विद्यार्थीलाई खानेपानीको समस्या भइरहेको छ । विद्यालयमा अध्ययरत विद्यार्थीले घरबाटै पानी लिएर विद्यालय जाने गरेका सापकोटाले बताए ।

    खानेपानी आपूर्तिमा सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा समेत सफल हुन नसकेका स्थानीयले खानेपानी अनावश्यकरुपमा प्रयोग नगर्न अनुरोध गर्दै गाउँ नजिकै रहेको मुहानबाट अस्थायी रुपमा आपूर्ति गरिरहेका छन् ।

    खानेपानीको अभावका कारण दूषित पानीको प्रयोग समेत हुनसक्ने भएकाले उमालेर पिउन समेत विद्यार्थीमार्फत घरघरमा जानकारी पठाइएको छ । सानो कुवाबाट खानेपानीको प्रयोग गर्दै आइरहेको अवस्थामा जिविस, खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयलगायतका सङ्घसंस्थालाई समेत पहल गरिएको छ ।

    जिल्लाको निस्कोट, रुम, ओखरबोट गाविसका साथै बागलुङको तमान, लाम्मेला, ढोरपाटनलगायतका क्षेत्रमा जाने मार्ग समेत रहेको फूलबारीलाई व्यापारिक क्षेत्रको रुपमा समेत चिन्ने गरिन्छ ।

    खानेपानीसँगै नदीले कटान गरेपछि त्रसित अवस्थामा रहेका स्थानीयले जिविस र भूसंरक्षण कार्यालयबाट सानो बजेट उपलब्ध गराइएकाले तटबन्ध निर्माणमा समेत समस्या भएको बताएका छन् । बाढीले गाउँका पाँच घरपरिवार विस्थापित भएका थिए भने फूलबारीका थप ४५ घरधुरी जोखिममा रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij