प्रकाशित मिति : मङ्लबार, मंसिर ७, २०७३
पोखरा । सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको आयोजना एवम् डेनियल संस्थाको सहयोगमा फेवाताल किनारामा १२० वटा लालुपाते फूलका बिरुवा रोपिएका छन् ।
पर्यायवाची जस्तै बनेका फेवाताल, माछापुच्छे« र लालुपातेलाई जोगाई राख्ने उद्देश्यले हल्लनचोकस्थित फेवाताल किनारामा सोमबार बिरुवा रोपिएको हो ।
फेवाताल र सो क्षेत्रलाई थप सुन्दर बनाउन लालुपाते फूलका बिरुवा रोपिएको सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष भीम पराजुलीले जानकारी दिए।
उनका अनुसार युवा सङ्घ बैदामका युवाको सक्रियतामा आवश्यक खाल्टा खनिएको थियो भने कोरियन नागरिक डेनियलले बिरुवा उपलब्ध गराएको हो ।
कार्यक्रममा सो क्षेत्रका आमा समूह, टोल विकास संस्था, विभिन्न राजनीतिक पार्टी, युवा क्लब, सुरक्षा निकायलगायतको उल्लेख्य सहभागिता रहेको थियो । सो क्षेत्रको सरसफाइका लागि सातवटा डस्टबिन समेत राखिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij