सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

सरुवारोगको जोखिम : कसरी बच्ने ?

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ७, २०७३



  • मानिसमा संक्रमण हुने सरुवारोगहरू हावा, पानी, लामखुट्टे (कीटजन्य) आदिबाट सर्ने गर्छ । हावा, पानी तथा कीटजन्य रोगहरूको तीव्रता त्यसको इन्कुभेसन समयमा आधारित हुन्छ । इन्कुभेसन समय भन्नाले संक्रमण भएको अवधिदेखि लक्षण देखिने अवधिसम्मलाई बुझाउँछ । रुघाखोकी, इन्फ्लुइन्जाजस्ता हावाबाट सर्ने रोगहरू छोटो इन्कुभेसन समयका हुन्छन् । तर, हावाबाट सर्न सक्ने टिबी, ठेउला, दादुराजस्ता सरुवारोगहरूको जोखिम भने उत्तिकै देखिन्छ । विशेषगरी, सामूहिक बसाइको समयमा अन्य स्वस्थ व्यक्तिमा रोग सर्न सक्ने सम्भावना बढी रहन्छ ।

    सरुवारोगको जोखिमबाट मुक्त हुन व्यक्तिगत सरसफाइमा ध्यान दिन जरुरी हुन्छ । बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिमा पनि पानीजन्य समस्याको प्रकोप उच्च हुने गर्छ । जस्तै– टाइफाइड नेपालीहरूका लागि परिचित रोग हो । यो पनि पानी र दूषित खानाबाट सर्ने रोग हो । खासगरी उच्च ज्वरोका लक्षणहरू लिएर आउने बिरामीहरूमा यसको सम्भावना बढी देखिन्छ । सामूहिक रूपमा खानपान तथा शौचालयको प्रयोगले प्रकोपको सम्भावनालाई जीवितै राखेको देखिन्छ । झाडापखाला नेपालमा बर्सेनि देखिने अर्को प्रमुख समस्या हो । हैजाबाहेक झाडापखाला अन्य ब्याक्टेरिया, प्रोटोजोवा, भाइरसजस्ता जीवाणुका कारणले पनि हुन सक्छ । नेपालमा झाडापखालाको कारणबारे विस्तृत अध्ययन खासै भएको पाइँदैन, या भनौँ चासो दिइएकै छैन । सिंगेला, सालमोनेला, कम्पालो ब्याक्टेरिया, इकोलाईजस्तो ब्याक्टेरिया पनि झाडापखाला गराउनमा महत्वपूर्ण भूमिका देखिन्छ । त्यस्तै, इहिस्तोलाइटिका, जिर्याजियासिसजस्ता प्रोटोजोवा जीवाणुहरू नेपालमा व्यापक देखिन्छ । रोटाभाइरस, नोरोभाइरस, सापोरो भाइरस, एस्ट्रोभाइरसजस्ता भाइरस पनि झाडापखाला गराउनमा प्रमुख भूमिका खेलेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।

    कसरी बच्ने ?

    सफा साबुनपानीले हात धोएर मात्र खानेकुरा खाने ।

    सधैँ उमालेको शुद्ध पानी मात्र पिउने ।

    बासी खानेकुरा नखाने ।

    घरबाहिरबाट आएपछि र शौचालय गएपछि साबुनपानीले राम्ररी हातखुट्टा धुने ।

    बाटोछेउमा अव्यवस्थित रूपमा बनाइएका खाना नखाने ।

    फोहोर र झिँगा भन्केका खानेकुरा नखाने ।

    नपाकेको मासु, खानालगायत खानेकुरा नखाने ।

    फलफूललाई सफा पानीले धोएर खाने ।

    खानेकुरालाई राम्ररी छोपेर राख्ने ।

    भरसक ताजा खाना खाने ।

    कुनै पनि संक्रमित व्यक्तिको नजिक जाँदा मास्क प्रयोग गर्ने ।

    संक्रमित व्यक्तिले प्रयोग गरेका सामग्री अन्य व्यक्तिले निर्मलीकरण गरेर मात्र प्रयोग गर्ने ।

    भीडभाडमा कम जाने ।

    तातो झोलयुक्त खानपान प्रशस्त मात्रामा सेवन गर्ने ।

    पानीको संक्रमणबाट हुने रोग

    पानीबाट सर्न सक्ने रोगहरू विशेषगरी टाइफाइड, हेपाटाइटिस (ए र ई), झाडापखाला, लेप्टो स्पाइरोसिसहरूको सम्भावना रहन्छ । हैजा पनि संक्रमित पानीको उपभोग गर्दा नै सर्न सक्छ । अहिले स्वदेशी तथा विदेशी विशेषज्ञहरूले पनि हैजाबाट हुन सक्ने महामारीलाई ध्यान दिएको देखिन्छ । हैजाले केही घन्टामा नै बिरामीलाई मृत्युको मुखमा पुर्‍याउन सक्छ । त्यसैले यसलाई अरू झाडापखाला गराउने रोगभन्दा विशेष निगरानी राख्नुपर्ने हुन्छ । गत वर्ष गएको महाभूकम्पले क्षतविक्षत बनाएको संरचनाको कारण एउटै पानीको स्रोत तथा शौचालयको प्रयोगले पानीजन्य रोगको सम्भावनालाई अझ बढाएको देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij