प्रकाशित मिति : आइतवार, अशोज १९, २०७६
निलम ओली , शान्तिनगर दाङ । ओली वंश समन्वय समिति दाङले शुक्रबार शान्तिनगर गाउँपालीका ३ पाण्डे डाँडा निवासी ११६ बर्षका पोक्सर ओलीको घरमा पुगी आशिर्वाद लिनुका साथै केही नगदसहित दशै कोसेली प्रदान गरेको छ ।
ओली वंश समन्वय समिति दाङका कोषाध्यक्ष रेख बहादुर ओली “देउता”,को नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष यसोदा ओली,महासचिव जगदीश ओली,जिल्ला सदस्य कमल ओली, घोराही उपमहानगरपालिका अध्यक्ष बेचन ओली,वडा नम्बर ६ अध्यक्ष खगीराम ओली लगायत टोलीले एक कार्यक्रमको आयोजना गरि केही नगदसहित कोसेली बुझाएको हो । उहाँकै गाउँमा पुगेको टोलीले उहाँको घरमा जस्ता पाता र बत्तीको ब्यबस्थापन मिलाउने फेरि जाने ओली वंश समन्वय समिति दाङले आपसी छलफल पछि त्यही घोषणा गरेर आएको छ ।
ओली वंश समन्वय समितिले उहाँको बारेमा अलिकति छलफल गरेर गिनिज बुकमा नाम लेखाउन पहल गर्ने सोच बनाएको र ओली वंश केन्द्रिय कार्यालय मार्फत पहल गर्ने बताएको छ, सम्भब त ओली बिश्व कै सबैभन्दा बृध्द हुनुहुन्छ तर राज्यले उहाँलाई अरु सरह व्यबहार गरेको छ कम्तीमा बिकटको बसाईमा रहेका त्यस्ता ईतीहासलाई सम्मान र अरु बाँच्न प्रेरणा मिल्ने खालको राहतको प्याकेज ब्यबस्थापन मिलाउन सके अति उत्तम हुने देखिन्छ, समयमा ध्यानाकर्षण गराउन सबैलाई ओली वंश समन्वय समिति दाङका कोषाध्यक्ष रेख बहादुर ओली ” देउता” ले अनुरोध गर्नुभएको छ।
त्यसैगरी ओली वंश समन्वय समितिका केन्द्रिय अध्यक्ष पुण्यप्रसाद ओली र ओली वंश अक्षयकोषका अध्यक्ष केशव मणि ओलीले उहाँकोलागी तत्कालै केही ब्यबस्थापन गर्ने बताउनुभएको छ, ओली वंश अक्षयकोषले उहाँलाई एक बर्ष पहिले नगदसहित सम्मान गरिसकेको छ छिटोभन्दा छिटो दशै पछि फ़ेरि केही सहयोग गर्ने कुरा उहाँहरुले जलजलाखबरसंग बताउनुभयो ।



© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij