शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बालबालिका माथिको सजाय बन्द गर्नुपर्नेमा जोड

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ७, २०७३



  • ललितपुर । नतिजा वढाएर विद्यालयको रेकर्ड राख्ने बहानामा प्राइभेट र सरकारी दुवैखाले विद्यालयमा वालवालिकालाई सजाय दिने क्रम बढ्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । final-banner
    सोमबार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयद्धारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले बालबालिका विरुद्ध गरिने सजाय र अमर्यादित व्यवहार अन्त्य गरिनुपर्ने वताएका हुन् ।

    मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले वालवालिकाहरु विद्यालय देखि घरपरिवार सवैतिरवाट हिंसामा परेको भन्दै बालबालिका उपर हुने दण्ड सजाय निषेध गर्नका लागि मन्त्रालयले कार्यक्रम संचालन गरिरहेको र बालबालिका उपर हुने दण्ड सजायलाई घरपरिवार देखि राज्यसम्म निषेधित गर्नका लागि सरोकारवाला सबैको समन्वयमा कार्यक्रम सचालन गर्न आवश्यक रहेको बताए ।

    महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव बुद्धबहादुर गुरुङ्गले सरकारको नीति, रणनीति र कार्ययोजनाबारे तथा नागरिक समाजको तर्फबाट मिलन धरेलले नीतिदेखि कार्यान्वयन र भावी योजनाबारे वोलेका थिए ।

    सरकारी निकाय, संघसंस्था, पत्रकार, अभिभावक संघ, शिक्षक र साझेदारी संस्था लगायतका प्रतिनिधिको सहभागितामा भएको अन्तक्र्रिया कार्यक्रममा मन्त्रालयका सहसचिव शंकरप्रसाद पाठक, केन्द्रिय बालकल्याण समितिका निर्देशक तारक धिताल, महिला बालबालिका विभागका महानिर्देशक नरेश कुमार चापागाई, एनएसिजी नेपालका अध्यक्ष रविन नेपाली र सिजप नेपालका अध्यक्ष कृष्ण सुवेदीले टिप्पणी गरेका थिए ।

    अन्तक्र्रियाका सहभागीले वालवालिका माथि हुने सवैखाले सजाय र अमर्यादित व्यावाहार अन्त्यको लागि वालवालिका जागरण कार्यक्रम अगाडि बढाइनुपर्ने, शिक्षण पद्धतिमा परिवर्तन गरिनुपर्ने, बालक्लबलाई व्यापक परिचालन गरिनुपर्ने र संचार माध्यममार्फत सवैमा जनचेतना जगाउनुपर्नेलगायतका सुझाव दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij