शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एकै परिवारको २५ सदस्यको छ २४ वटा औंला ! अचम्म होइन त ?

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ७, २०७३



  • बिहारको गया जिल्लास्थित एक गाउँमा एउटा निकै अचम्मको परिवार छ । सबै पुस्तासहित यो परिवारमा २५ सदस्य छन् । अचम्मको कुरा के छ भने यो परिवारको सबै सदस्यको हात र खुट्टामा गरी जम्मा २४ वटा औंला छन् । सबैलाई थाहा छ, सामान्य मानिसको हातखुट्टामा २० वटा औंला हुन्छ ।

    छोरीको विवाहमा समस्याः
    विहारको एक गाउँमा बस्ने ५० वर्षीय मजदुर कृष्णा चौधरीका अनुसार उनको हातमा पाँचवटा नभई ६ वटा औंला छन् । कृष्णा चौधरी भन्छन् कि उनका पिता र भाइ बहिनीको पनि हात खुट्टा गरी २४ वटा औंला छन् । कृष्ण भन्छन्, ‘घरको पुरुष सदस्यलाई त यसले त्यति समस्यामा पारेन तर महिलाहरुलाई भने विवाहमा समस्या आउने गरेको छ ।’

    भगवानको आशिर्वाद सम्झिन्छन्ः
    उनी थप्छन्, ‘मानिसहरु किन यसलाई नराम्रो मान्छन् यसबारे मलाई थाहा छैन ।’ कृष्णाकी भाउजु सितबिया चौधरी आफ्नो परिवारको यस्तो गुण भगवानको आशिर्वाद भन्छिन् । उनी भन्छिन्, ‘यो हाम्रो सदस्यका लागि भगवानको देन हो । यो एक गुणले पूरा परिवारलाई एकताबद्ध बनाएको छ ।’

    आरामदायी चप्पल पाइँदैनः
    आफूलगायत सम्पूर्ण परिवारका लागि आरामदायी चप्पल पाउन गाह्रो हुने कृष्णाले स्विकार गरेका छन् । उनले भने, ‘हामी सबै फित्ता भएको चप्पलमा सिमित हुनुपर्छ । हामी त्यति सम्पन्न छैनौं कि हामीले आफ्नो लागि छुट्टै चप्पल बनाउन सक्दैनौं ।’

    छाला विज्ञान विभागका प्राफेसर डा. आयुष गुप्ताका अनुसार यो स्थितीलाई पोलिडेक्टिली भनिन्छ । यो एक अनुवांशिक रोग हो जुन एक पीढिबाट अर्कोमा सर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij