शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

विश्वका ९ चर्चित हतियार

  • प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७३



  • मानव इतिहासमा हतियारको प्रयोग निकै पुरानो छ । आज पनि संसारका थुप्रै ठाउँमा हतियारको प्रयोग अत्याधिक भइरहेको छ । थुप्रै देश युद्धको चपेटामा छन् । तर द्वन्द्व र हतियार चलाउनेका विषयमा अधिकांश जानकार रहेपनि हतियार बनाउने व्यक्तिका विषयमा कमैलाई थाहा छ । मिनेटमै मानिसको प्राण लिने खतरनाक हतियार बनाउने व्यक्ति कस्ता छन् त ? उनीहरुले बनाएका हतियारको प्रयोग सुरक्षा, क्रान्ति, बदला र सत्ता कब्जाका लागि भइरहेका बेला हतियार बनाउने १० व्यक्तिको नामावली र संक्षेप परिचय यहाँ प्रस्तुत छ । हतियारले संसारमा त्रास र अशान्ति फैलाउने काम गरेपनि यस्ता विश्वसनीय हतियार बनाउनेहरु भने कला, विज्ञान र सिर्जनामा पुरै अनुभव हासिल गरेका हुन्छन् ।

    १ मिखाईल क्लाश्निकोव– (एके–४७)

    mikhail_1449949726लेफ्टीनेन्ट जनरल मिखाइल क्लाश्निकोव रुसी सैन्य इन्जियिनर तथा आविष्कारक थिए । पुरै संसारले उनलाई एके–४७ राइफलको निमार्ण र विकासका लागि संझन्छ । सन् २००४ मा संसारभरका ५ सय मिलियन बन्दूकमध्ये १ सय मिलियन क्लाश्निकोवकै सिर्जनाका उपज थिए । त्यसमध्ये ७५ मिलियन एके–४७ थिए । सन् १९४६ देखी १९४८ को बीच डिजाईन गरिएको एके–४७ विश्वसनीय र सस्तो भएका कारण खतरनाक हतियारका रुपमा चिनिन्छ । क्लाश्निकोवले आफ्नो करियरमा झन्डै १ सय ५० साना हतियारका मोडल डिजाईन गरेका थिए ।

    यूजेन स्टोनर–(एम–१६)

    eugene-stoner_1449949707अमेरिकाको इन्डियानामा जन्मिएका यूजेन स्टोनर पहिला एआर–१५ राइफल्सको विकासमा जोडिए । त्यसपछि उनले अमेरिकी आर्मीमा एम –१६ को प्रयोग गरे । उनी २० औँ शताब्दीका सबैभन्दा राम्रा हतियार डिजाईनरमध्ये एक मानिन्छन् । १९४५ मा अमेरिकाको आर्मालाईटमा काम गर्ने क्रममा उनले एआर–३, एआर–११ र एआर–१२ जस्ता ठूला र थुप्रै साना हतियार बनाए । उनले १० हतियार आर्मलाईटका लागि र १० हतियार अर्को कम्पनीका लागि बनाए ।

    जोन म्यासेज ब्रावनिङ–(पिस्टल राइफल्स र सटगन्स)

    john-moses-browning_14499अमेरिकाका फायरआर्म डिजाईनर जोन म्यासेजले थुप्रै सैन्य तथा सिविल हतियार तथा अहिले विश्वमा सबैभन्दा धेरै प्रयोग हुने कार्टरिजको डिजाईन गरे । १३ वर्षको उमेर नपुग्दै बन्दूक बनाउने म्यासेजको नाम १ सय २८ बन्दुकमा उल्लेख छ । उनी २० औँ शताब्दीका सफल बन्दूक डिजाईनर मानिन्छन् ।

    जोन ग्रान्ड– (एम–१ग्रान्ड)
    जोन ग्रान्डले बनाएको एम१ ग्रान्ड सैनिकहरुले प्रयोग गरेको पहिलो सफल सेमी अटोमेटिक राईफल हो । सूटिङको सौखले उनलाई हतियार बनाउन प्रेरित गरेको थियो । जोनलाई सन् १९१७ मा वार डिपार्टमेन्टले लाईट मेशिनगन बनाउन छनोट गरेको थियो । १९३६ मा एम–१ ग्रान्डको ठूलो मात्रामा उत्पादनसँगै यो अमेरिकाको पहिलो स्ट्यान्टर्ड इश्यू सेमि–अटोमेटिक राइफल बनेको थियो ।

    एलिफेलेडट रेमिंगटन–(रेमिंगटन राइफल)

    रेमिंगटन राइफल एलिफेलेट रेमिंगटनको सिर्जना हो । उनले २३ वर्षको उमेरमै फिलंटलक राइफलको डिजाईन गरेका थिए । एक सुटिंग प्रतियोगितामा उनको हतियारको प्रयोगबाट प्रतियोगिहरु निकै प्रभावित भए । रातीसम्म उनलाई बन्दूकको धेरै अर्डर आयो । त्यसपछि उनी बिस्तारै हतियार निमार्णमा लागे ।

    स्यामूयल कोल्ट–(कोल्ट रिभल्बर)
    samuel-colt_1449949724स्यामूयल कोल्ट एक अमेरिकी आविष्कारक तथा उद्योगपति हुन् । उनलाई बन्दूक बनाउने ‘हेनेरी फोर्ड’ भनिन्छ । सन् १८६२ मा निधन हुनअघि उनी अमेरिकाका सबैभन्दा धनी व्यक्तिमध्ये एक थिए । बजारलाई राम्ररी बुझेका कारण उनले कोल्ट रिभल्बरको व्यापारलाई उचाईसम्म पुर्याएर सफलता हासिल गरे ।

    रिचर्ड गेटलिंग–(गेटलिंग गन)
    रिचर्ड गेटलिंगले औद्योगिक क्रान्तिका दौरान गेटलिंग गनको आविष्कार गरेका थिए । यो बन्दूकलाई पहिलो सफल मेसिनगन मानिन्छ । सबैभन्दा पहिला यसको प्रयोग खेतिमा प्रयोग गरिने एक मेसिनसँग गर्दा यसको स्पिड धेरै देखिन्थ्यो । पछि इलेक्ट्रोनिक मोटरसँग जोडेर यसको स्पिड बढाउने काम गरियो । इलेक्ट्रोनिक मोटरमा जोडेर चलाउँदा यसको स्पिड ३ हजार राउन्ड प्रति मिनेट थियो ।

    गोरो न्यूडो मासामुने–(मासामुने तरबार)
    मासामुनेलाई संसारकै सबैभन्दा खतरनाक तरबार बनाउने व्यक्तिका रुपमा चिनिन्छ । उनले पहिला जापानमा टाची र टेन्टो तरबार बनाएका थिए । उनले बनाएका तरबार राम्रो देखिन्छन् र युद्धमा पनि उस्तै खतरनाक तवरले यसको प्रयोग हुन्छ । मासामुनेले बनाएका तरबारहरुलाई जापान सरकारले सुरक्षित राखेको छ । जापानले उनका तरबारलाई राष्ट्रिय सम्पदा घोषित गरेको छ ।

    सेन्गो मुरामासा–(मुरामासा तरबार)
    मुरामासा सेन्गो जापानका अर्का चर्चित तरबार निर्माता हुन् । उनले बनाएका तरबारहरु सिसा जसरी चम्कन्थे । उनले विद्यार्थी जीवनबाटै तरबार बनाउन सुरु गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij