शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

मिर्गौला रोग पीडित बालकलाई सहयोग

  • प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७३



  • गुल्मी । गुल्मीको वाग्ला गाविसका मिर्गौलाको रोगबाट पीडित एक बालकको जीवन रक्षार्थ स्थानीयवासीले सहयोग सङ्कलन अभियानलाई तीव्र पारेका छन् ।

    वाग्ला–७, दुवानेटाका ठगप्रसाद घिमिरेका १६ वर्षीय छोरा सूर्य घिमिरे दुवै मिर्गौला फेल भई यति बेला जीवनमरणको दोसाँधमा रहेका छन् । उनलाई उपचारका लागि काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएपनि परिवारजन उपचार खर्चको अभावमा फर्किनुपर्ने अवस्था भएपछि स्थानीयवासी सहयोग सङ्कलनमा जुटेका हुन् ।

    स्थानीयवासी चुरामणि घिमिरे, मधु घिमिरे, गङ्गा घिमिरे, सूर्य घिमिरे र सूर्य खनालको टोली कात्तिक ५ गतेदेखि सदरमुकाम तम्घासमा निरन्तर खट्दै चन्दा सङ्कलन अभियान तीव्र पारेका छन् । खनालले दिएको जानकारीअनुसार हालसम्म तम्घासबाट रु ६६ हजार तीनसय २५ सङ्कलन भएको छ । सहयोग गर्ने क्रम जारी रहेको छ ।

    विशेषगरी चुरामणि घिमिरे र मधु घिमिरेको सक्रियतामा विभिन्न सरकारी कार्यालय, सङ्घसंस्था र उद्योगी व्यवसायीबाट राम्रो सहयोग सङ्कलन भएको खनालले बताए । घिमिरे बन्धुले सदरमुकामबाटै सामाजिक सञ्जालमार्फत पनि देश–विदेशमा रहेका नेपालीसँग सहयोगको अपिल गरेको र केही रकम बाहिरबाट पनि जुट्ने क्रम जारी रहेको बताईएको छ ।

    मिर्गौला पीडित बालकको परिवार बिहान–बेलुकाको गुजारा चलाउन नसक्ने र उनीहरुको पूरै घर–सम्पत्ति बेचे पनि छोरालाई बचाउन नसक्ने अवस्था भएपछि वाग्लाका शिक्षक, वुद्धिजीवी, राजनैतिक दल र देश–विदेशमा रहेका अन्य वाग्लावासीले पनि सहयोग सङ्कलन अभियान चलाइरहेको चुरामणि घिमिरेले जानकारी दिए । पीडित बालक वाग्लाको भगवती उच्च माविका कक्षा ११ का विद्यार्थी हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij