आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एप्पलको पाइला पछ्याउँदै सामसङः आइफोन सेभेनको प्रतिस्पर्धामा उतार्दै ग्यालेक्सी एस सेभेन

  • प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७३



  • आउँदो डिसेम्बरमा सामसङले रङ छनोटसँगै सामसङ ग्यालेक्सी एससेभेन सार्वजनिक गर्ने तय गरेको छ ।
    एप्पलको चिल्लो कालो आइफोनसँग प्रतिस्पर्धा गर्नका लागि सामसङले ग्यालेक्सी एससेभेनलाई बजारमा उतार्न लागेको बताइएको छ ।

    गत अगस्टमा ग्यालेक्सी नोट सेभेन लञ्च गरेपछि स्मार्टफोनको दुनियाँमा सामसङको उत्कृष्ट छवि रहन सफल भएको थियो । कम्पनीको ग्यालेक्सी एससेभेन र ग्यालेक्सी एससेभेन एजले फोन लञ्चको क्रममा निकै राम्रो समिक्षा पाएको थियो भने यी दुई सबैभन्दा बढि बिक्रि हुने एन्ड्रोइड फोन बन्न सफल भएको थियो ।

    कोरियास्थित आफ्नो स्रोतले दाबी गरे अनुसार सामसङले आफ्नो नयाँ चम्किलो कालो रङमा उपलब्ध हुने ग्यालेक्सी एस सेभेनले सामसङको बिक्रिमा बढोत्तरी गर्ने र यो एप्पलको ‘जेट ब्ल्याक आइफोन सेभेन’ को काउन्टरमा उतार्न लागिएको सामसङले बताएको छ ।

    एप्पलको ‘जेट ब्ल्याक’ र कालो रङका अन्य विकल्पजस्तै सामसङको चिल्लो कालो ग्यालेक्सी एस सेभेन पनि कालो रङहरुमध्येको दोस्रो प्रकार हुने बताइएको छ । एप्पलले आइफोन सेभेन र सेभेन प्लसमा ‘जेट ह्वाइट’ फोन निकाल्ने हल्ला चलिरहेका बेला सामसङले पनि चिल्लो सेतो रङको फोन यसमा संलग्न गर्न बेर छैन ।

    चिल्लो कालो ग्यालेक्सी एस सेभेन दक्षिण कोरियाभन्दा बाहिर उपलब्ध हुने नहुने भन्ने विषयमा पनि केही खबर आएको छैन । एन्ड्रोइडको नयाँ र सबैभन्दा ठूलो भर्सनलाई ग्यालेक्सी एस सेभेन र एस सेभेन एजमा समावेश गर्ने कसरतमा सामसङ लागिपरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij