शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पोखरामा अल्ट्रालाइट दुर्घटना, रसियन पाइलटको मृत्यु, क्यानेडियाली महिला घाइते

  • प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७३



  • पोखरा, । ह्याङग्लाइडर उडाउने क्रममा एभिया क्लबले पोखरामा सञ्चालन गर्दै आएको अल्ट्रालाइट जहाज आज दुर्घटनामा परेको छ ।

    दुर्घटनामा परी एभिया क्लबमा कार्यरत रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिनुभयो ।

    आज बिहान कास्कीकोटको लौरुकस्थित आफ्नै हवाइ मैदानमा भएको दुर्घटनामा क्यानेडियाली महिला जिलेनी भोल्कर घाइते भएको उनले जानकारी दिए ।

    एभिया क्लबका अनुसार म्याक्सिमोभ १४ वर्षदेखि पोखराको आकाशमा अल्ट्रालाइट जहाज उडाउँदै आएका पाइलट हुन्।

    अल्ट्रालाइट जहाजले पुछारमा अड्याइएको मसिनो डोरीले तानेर उचाइमा पु¥याएपछि ह्याङग्लाइडिङ छाडिदिन्छ । त्यसपछि ह्याङग्लाइडिङ स्वतन्त्ररुपमा उड्न सक्छ । पर्यटक सवार ह्याङग्लाइडिङलाई तानेर उडाउने क्रममा म्याक्सिमोभले उडाएको जहाजले सन्तुलन गुमाउँदा दुर्घटना भएको थियो ।

    अल्ट्रालाइटले तानेको ह्याङग्लाइडिङको डोरी चुडिएपछि जहाजले सन्तुलन गुमाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij