प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७३
पाल्पा । पाल्पाको अर्गली ९ कमलपोखरीमा जीप दुर्घटना हुदा ११ जना घाईते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।
बुटवलबाट तम्घासका लागी छुटेको लु १ ज २४४८ नवंरको जीप ब्रेक फेल भएर आज दिउसो साढे ४ बजे कमलपोखरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।
दुर्घटनामा मुसिकोट गाविसका ५२ बर्षका बसन्त बहादुर कार्की, धुर्कोट रजस्थल ४ निवासी बर्ष ३२ का प्रकाश कार्की, ठेगाना नखुलेका भिमलाल सापकोटा गम्भिर घाइते भएका छन् ।
अन्य घाईते हुनेहरुमा धुर्कोट रजस्थल ७ निवासी बर्ष २६ का भरत केसी, हस्तिचौर ५ निवासी बर्ष ३० का पदम बहादुर थापा,मुसिकोट अमराई निवासी बर्ष २० का बिष्णु रायमाझी,रेसुङगा नगरपालिका बडा न ३ का बर्ष १९ का सोमलाल कुवंर,अमरपुर ७ निवासी बर्ष २६ का रामचन्द« पराजुली, रेसुङगा नगरपालिका बडा न ५ निवासी बर्ष २३ का किरण कुवंर,नयागाउ ९ निवासी बर्ष २१ का सावित्रा पोखरेल,जैसिथोक बडा न ९ का बर्ष ४६ का राम बहादुर खत्री, रहेका छन् ।
घाईतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । दुर्घटना स्थल अर्गली प्रहरी चौकी भन्दा २ किलोमिटर पश्चिममा पर्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij