शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सामसङको प्रिमियम क्यामरा फिचर अब नयाँ मिड–रेन्ज ग्यालेक्सी A30s मा

  • प्रकाशित मिति : बुधबार, कार्तिक ६, २०७६



  • काठमाडौं– नेपालको सबैभन्दा ठूलो कन्ज्यूमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए३०एस प्रस्तुत गरेको छ ।

    नयाँ ग्योलेक्सी ए३०एसमा धेरै नवीनतम एवं आकर्षक विशेषताहरु विद्यमान गरी नयाँ पुस्ताहरुको आवश्यकतालाई समेट्दै उनीहरुको लागि तयार गरिएको छ ।

    “प्रविधीमा अग्रणी भएका नाताले हामी उपभोक्ताहरु माझ सार्थक इनोभेसन प्रदान गर्नको लागि सदैव समर्पित छौं । ग्यालेक्सी ए३०एसले युवा मिलेनियल्सहरुको लागि स्मार्टफोनको अनुभव अझै उत्कृष्ट तरिकाबाट प्रदान गर्न यो फोनको डिजाइन गरिएको छ”, सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने ।

    ग्यालेक्सी ए३०एसमा ट्रिपल रियर क्यामरा–२५ मेगापिक्सलको मुख्य क्यामरा तथा ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा तथा ५ मेगापिक्सलको नयाँ डेप्थ क्यामरा रहेका छन् । यसमा ४००० एमएएच को शक्तिशाली व्याट्री तथा १५ वाटको फास्ट चार्जिङ्ग प्रविधि रहेको छ । यस स्मार्टफोन अन द गो रहन चाहने ग्राहकहरुका लागि तयरा गरिएको हो ।

    यसमा ६.४ इन्चको एचडी प्लस सुपर एमोलेड इन्फिनिटी भी डिस्प्ले रहेको छ, जसले गेमिङ्ग, भिडियो हेर्न, मल्टि–टास्किङ्ग एवं ब्राउजिङ्गको लागि सर्वोत्तम एवं रोचक अनुभव प्रदान गर्दछ ।

    ग्यालेक्सी ए३०एसमा एआई पावर्ड गेम वुस्टर प्रविधि एवं नक्स सेक्योरिटि रहेको छ । डिजाइनमा कुनै सम्झौता नगरी तयार गरिएको छ । प्रयोगकर्ताहरुलाई अझै बढी सुरक्षा प्रदान गर्न अन स्क्रिन फिङ्गरप्रिन्ट स्क्यानर राखिएको छ । यो फोन ४ जीबीर१२८ जीबी मेमोरी का साथ उपलब्ध रहेको छ ।

    मूल्य

    ग्यालेक्सी ए३०एस ४ जीबी र १२८ जीबीयुक्त सेटको खरिद मूल्य ३१ हजार ८ सय ९० रहेको छ । यो फोन तिन आकर्षक रंगहरु प्रिजम क्रश व्ल्याक, प्रिजम क्रश ह्वाइट तथा प्रिजम क्रश भायलेटमा
    उपलब्ध रहेको छ । यो फोन कार्तिक ३ गते देखि नेपाल अधिराज्यभर रहेका सामसङका आधिकारिक आउटलेटहरुमा उपलब्ध रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij