मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अधिकाशंको पीडा बनेको अल्सर रोगबाट बच्ने उपायहरु ;

  • प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३



  • काठमाडौं  । व्यस्त जीवन शैली र विलाशिताका कारण पछिल्लो समय अल्सर रोगका बिरामीहरु बढिरहेका छन् । समयमा खाना नखाँदा वा भोको टेपमा बढी चिल्लो पिरो खानाले ग्यास्ट्रिक हुनका साथै आमासयको खाना नलीको सानो आन्द्राको मुखमा घाउ हुन्छ । यही घाउ वा प्वाललाईनै अल्सर भनिन्छ ।

    धेरै नेपालीमा यो रोग देखिने भएकाले पनि अस्लरलाई मानिसहरुले सामान्य रुपमा लिने गरेका छन् । तर समयमै सचेत नहुने हो भने यो गम्भीर डरलाग्दो रोग हो । अल्सरकै कारण नेपालमा वर्षीनै हजारौको मृत्यु हुने गरेको छ ।

    शहरी क्षेत्रको तुलानामा ग्रामीण क्षेत्रमा यो रोगका बिरामीको संख्या बढी हुने गरेको छ । तर पछिल्लो समय शरही क्षेत्रमा अस्वस्थ्य खानपान र आरामदायी जीवन शैलीका कारण यो रोग दिन प्रतिदिन बढ्दो छ । यो रोगको लक्षण, उपचार र बच्ने उपायहरु :

    अल्सर रोगका लक्ष्णहरु
    – छाती वा पेटको माथिल्लो भाग दुख्छ ।
    – खाना खाइ सकपछि वा खाली पेट हुदा पनि पेट दुखी रहन्छ ।
    –पटक पटक बान्ता हुन्छ ।
    –बान्दा हुदा कहीलेकाही रगत देखा पर्छ ।
    अल्सर लाग्दा खाना हुने खानेकुराहरु
    –दिनमा थोरै थोरै गरेर पाच–छ पटक स्वस्थ्यकर खानेकुरा खाने, धेरै एकैचोटी खानु राम्रो हुन्न् ।
    –दुध, दाल पोस्ट भात , जाउलो, फलफुलहरु स्याउ, अनार, अंगुर, पाकेको कुरा,गाजार खाने ।
    –प्रोटिन जन्य कुराहरु अण्डा, दाल,पनिर खानु राम्रो हुन्छ ।
    –सम्भव भएसम्म चिसो दुख ३–४ पटक पिउदा हुन्छ , तर फ्रिजमा राखेको बढी चिसो भने पिउनु हुन्न् ।

    अल्सर लाग्दा खाना नहुने कुराहरु
    –अत्याधिक पिरो, नुन चर्को, अमिलो दहि र मोही नखाने ।
    –रक्सी, चुरोट सेवनबाट टाडै रहने ।
    –तेलमा तारेको चिल्लो खानेकुरा र बढी मसला हालेको कुरा नखाने ।
    –धेरै तातो र धेरै चिसो खानेकुरा नखाने ।
    –बढी रङ हालेको चिया वा कफि पनि सेवन गर्नुहुदैन् ।

    अल्सर लाग्दा ध्यान दिनुपर्ने कुराहरु
    –धेरैबेर भोकै बस्नु हुदैन् ।
    –मानसिक चिन्ता बढी नलिने ।
    –रातमा धेरैबेर अनिदो बस्नु हुदैन् , तर दिउसो नसुत्दानै राम्रो ।
    – कालो चिया खाने बानी हटाउनु पर्छ ।
    –यो रोगले बढी पेट दुख्ने हुदा दुखाई कम गर्ने जथाभाबी औषधी सेवान नगर्ने ।

    अल्सर रोग लाग्दा घरमै गर्न सकिने उपायहरु
    –शरीरलाई आराम प्रदान गर्ने ।
    –अनाआवश्यक चिन्ताबाट मुक्त भई , खुसी वातवरणमा बस्ने ।
    –नियमित ब्यायम गर्ने बानी बसाल्ने ।
    –शरीरलाई बढी भार नपर्ने हल्का काम गरिरहने गर्नाले अल्सर रोगबाट बच्न सकिन्छ ।
    यति हुदाहुदै पनि अल्सर रोग लागेको धेरै समय वितिसकेको भए तुरुन्त चिकित्सकको सल्लाह बमाजिम औषधी सेवान गर्नुका साथै चिकित्सकले भनेको कुरामा सचेत हुनु पर्दछ । अन्यथा अल्सररोगको समयमै उपचार भएन भने क्यानसर जस्ता गम्भीर रोग निम्तन पनि सक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij