प्रकाशित मिति : बिहिबार, मंसिर ९, २०७३
काठमाडौँ । माइक्रोम्याक्स इन्र्फम्याटिक्स प्रा.लि.को एक सहायक कम्पनी यू टेलिभेन्चर्सले यूनिकोर्न मोबाइल फोनहरु नेपालमा अनावरण गरेको छ ।
नयाँ यूनिकोर्न नेपालको अनलाइन स्टोर केमूमा विशेषरुपमा उपलब्ध हुनेछ र केमूको आउँदो ब्ल्याक फ्राइडे उत्सवमा विशेष छुटसहित उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो अनलाइन उत्सव यहि नोभेम्बर २५ तारिखदेखि नोभेम्बर २८ तारिखसम्म आयोजना हुनेछ ।
यूनिकोर्न फोनमा सहजकिनारासहितको घुमाउरो २.५ डी ग्लाससहित आउँछ र पूरै मेटल बडी निर्मित रहेको छ । यो सुनौलो र चाँदी रंगमा आउँछ । यसका साथै यसको पुरै चिल्लो फ्रेमले फूल एचडी स्क्रीन रहेको छ ।
यूनिकोर्न मिडियाटेक हेलियो पी १० अक्टा कोर प्रोसेसरका साथमा आउँछ, ४ जीबी र्याम र ३२ जीबी रोम (आन्तरिक स्टोरेज रहेको छ ।
यसमा १३ मेगापिक्सेल अटो फोकस मूख्य क्यामरा रहेको छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामराले रहेको छ । ओभी१३८५३ प्योरसेल इमेज सेन्सरको भिजुअल विजार्डले तपाईँलाई अल्ट्रा हाई डेफिनिसन भिडियो रेकर्डिग गर्न र निरन्तर तस्विरहरु सम्झनलाई सहजता प्रदान गर्ने कम्पनीको दाबी छ ।
प्याटर्न तथा पास कोड प्रयोग भन्दा सुविधाजनक र तिब्र, उच्च तहको सुरक्षित इन्क्रिप्सन रहेको यूनिकोर्न स्टोरमा तपाईँको फिंगरप्रिन्ट प्रोफाइल राख्दछ र केबल ०.२ सेकेण्डमा फोन अनलकगरि यसलाई तिब्र गतिमा फिंगर प्रिन्ट अनलक हुने यो श्रेणीको पहिलो फोन बनाएको छ ।
यसमा ४,००० एमएएच ब्याट्री राखेको छ
यो फोन एन्ड्रोयडको ५.१.१ भर्सनमा संचालन हुन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij