मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बच्चामा ज्वरो दोहोरिए के गर्ने ? पढ्नुहोस् डाक्टरका उपाय

  • प्रकाशित मिति : शनिबार, मंसिर ११, २०७३



  • ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा अचानक काम्ने र अचेत हुने समस्या देखिन सक्छ । जसलाई ‘फेब्राइल सिजर’ भनिन्छ । यस्तो समस्या एकपटक मात्र देखिने वा दोहोरिन पनि सक्छ । सामान्यतः यस्तो अवस्थामा आँखा माथि फर्काउने, हातगोडा सबै कम्पन हुने, जिउ नै अररो हुने, मुखबाट फिँज निकाल्ने, दिसापिसाब छोड्नेलगायतका लक्षण देखिन्छन् । बिरामीलाई यस्तो लक्षण दुई–तीन मिनेटदेखि १०–१५ मिनेटसम्म देखापर्न सक्छ । यसलाई सिम्पल फेब्राइल सिजर भनिन्छ । कहिलेकाहीँ कुनै एक भाग मात्र काम्ने हुन्छ । अनि २४ घन्टामा पटक–पटक काम्ने र १५ मिनेटभन्दा बढी समयसम्म यस्तो समस्या देखिन सक्छ । यसलाई चाहिँ ‘कम्प्लेक्स फेब्राइल सिजर’ भनिन्छ । यो समस्या बारम्बार बल्झिने पनि हुन सक्छ । विशेष यस्तो अवस्थामा समस्या पटक–पटक बल्झिने सम्भावना हुन्छः

    १ वर्षभन्दा कम उमेरका बालबालिका ।

    ज्वरो आएको २४ घन्टाभित्र ।

    एक सय डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आएमा ।

    घरपरिवारमा अरू कसैलाई यस्तो समस्या भएमा ।

    घरपरिवारमा छारेरोगको समस्या भएमा ।

    पुरुष बच्चा कम्प्लेक्स फेब्राइल सिजर भएकोमा ।

    रगतमा सोडियमको मात्र कम भएको अवस्थामा ।

    माथि उल्लेखित जोखिमको कुनै पनि अवस्था नभएमा यो रोग बल्झिने सम्भावना १२ प्रतिशत मात्र हुन्छ । त्यसैगरी, माथिका कुनै पनि तीनवटा समस्या रहेमा दोहोरिने जोखिम ७३ देखि शतप्रतिशतसम्म हुन्छ ।

    के गर्ने, के नगर्ने ?

    बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने ।

    जतिसक्दो चाँडो नजिकैको अस्पतालमा लैजाने ।

    ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।

    आत्तिएको खण्डमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ ।

    बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन्छ ।

    बच्चाको मुखमा केही नघुसार्ने । औँला घुसार्दा औँला टोकिने सम्भावना हुन्छ भने अन्य चिज राख्दा दाँत भाँचिने सम्भावना हुन्छ ।

    अस्पतालमा गरिने उपचार

    ज्वरोसँगै कम्पन हुने वा बेहोस हुने अवस्था फेब्राइल सिजर नै हो वा अरू कुनै गम्भीर रोगको लक्षण हो भन्ने निक्र्योल चिकित्सकले मात्र गर्न सक्छन् । त्यही भएर कम्पन रोकिएको अवस्थामा पनि एकपटक नजिकैको अस्पतालमा बच्चालाई लगेर परीक्षण गराउनुपर्छ । अस्पतालमा यसको सही पहिचान र ज्वरो आएको कारण पत्ता लाग्छ । सामान्यतः पहिलो २४ घन्टा निगरानीमा राखेर हेर्नुपर्ने हुन्छ । अवस्था हेरेर चिकित्सकको सल्लाहबमोजिम केही परीक्षण गर्नुपर्छ । सामान्यतः रगतको परीक्षण, रगतको कल्चर, पिसाबको परीक्षण र छातीको एक्स–रे गर्नुपर्ने हुन्छ ।

    रोकथाम गर्न के गर्ने ? यो रोगको रोकथाम विधि भनेको ज्वरो आउनै नदिनु हो, जुन सम्भव छैन । त्यही भएर ज्वरो आएर यस्तो लक्षण देखिएमा बढी सजगता अपनाउनु नै यसको रोकथाम हो । घरमा अनिवार्य ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्ने । ज्वरो आएमा तत्काल पारासिटामोल खुवाउन सकिन्छ । बच्चालाई गुम्स्याएर राख्नु हँुदैन । ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउनुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij