शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

चीनियाँ कम्पनीले आइफोन सेभेन जस्तो डिस्प्ले भएको फोन निकाल्यो, यस्ता छन् अन्य विशेषता

  • प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३



  • चीनियाँ कम्पनी जेटटीईले सीमित संस्करण स्मार्टफोन सार्वजनिक गरेको छ । यो मिड रेन्ज स्मार्टफोन आफ्नो पुरानो भेरियन्ट एक्सन सेभेनको एक्सटेन्सन हो । यो अहिलेसम्म अमेरिकी बजारमा मात्र उपलब्ध छ । एक्सन सेभेन प्रिमियरको नामले सार्वजनिक भएको यो फोन डिस्प्ले, र्याम, स्टोरेज र डिजाइनमा निकै उत्कृष्ट छ । यो स्मार्टफोनको मूल्य लगभग ५४ हजार ५ सय ६० रुपैयाँ पर्नेछ । यसको स्ट्यान्डडै भेरियन्ट चीनमा गत मे महिनामा लञ्च भएको थियो जसको मूल्य ४३ हजार तोकिएको थियो ।

    1१. १.५ इन्च क्युएचडी एमोलेड डिस्प्लेः
    एप्पलको आइफोन सिक्स र आइफोन सेभेनको जस्तै डिस्प्ले जेटटीईमा राखिएको छ । यो निकै संवेदनशील भएका कारण यसको सुरक्षाका लागि यसको माथि २.५ डी घुमेका ग्लास राखिएको छ ।

    2२. डबल स्टोरेजः
    जेटटीईको पुरानो भेरियन्टमा ४ जिबी र्याम र ६४ जिबी इन्टरनल स्टोरेज थियो जसलाई बढाएर ६ जीबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज गरिएको छ । यसका साथै यसमा मेमोरी बढाउनका लागि ‘एक्सपेन्डेबल स्लट’ पनि दिइएको छ ।

    3३. हाई–टेक प्रोसेसर र अडियो क्वालिटीः
    एक्सन सेभेनमा क्वाड कोर स्न्याड्र्यागन ८२० प्रोसेसर र एड्रेनो ५०३ जीपीयु छ । यो स्मार्टफोनमा एकेएम र डल्बी एटमस सराउन्ड क्वालिटीको डुअल स्टिरियो स्पिकर र दुई अडियो चिप राखिएको छ जसले अडियो क्वालिटीलाई निकै राम्रो बनाइदिन्छ ।

    4४. ४.२० एमपी रियर क्यामरा र एन्ड्रोइड ६.० मार्शमैलोः
    एक्सन सेभेनमा २० एमपीको रियर क्यामरा र ८ एमपी फ्रन्ट क्यामरा–एफ २.२ एपरचर दिइएको छ जसमा डुअल एलइडी फ्ल्यास पनि संलग्न छ । यसमा फोरके भिडियो रेकर्ड गर्न सकिन्छ । एक्सन सेभेन प्रिमियम एन्ड्रोइड ६.० मार्शमैलोसँग माइफेभर युएल ४.० को निकै राम्रो संयोजन रहेको छ ।

    6५. ब्याट्रि र कनेक्टिभीटीः
    जेटटीई एक्सन सेभेन प्रिमियममा ३,२५० एमएएच ब्याट्रि रहेको छ जुन क्विब चार्ज ३.० लाई समर्थन गर्दछ । यो स्मार्टफोनमा USB Type-C port, NFC, Bluetooth v4.2, Wi-Fi 802.11 ac/a/b/g/n (2.4GHz + 5GHz) र 4G LTE को हाइटेक कनेक्टिभीटी दिइएको छ । यो स्मार्टफोनको पछाडि फिंगरप्रिन्ट सेन्सर पनि राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij