प्रकाशित मिति : सोमवार, मंसिर ३०, २०७६
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ। उनको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो। भट्टराइलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउँदै गर्दा उनको निधन भैसकेको थियो। उनको मृत्यु संकास्पद देखिएको छ।
उनको निधनको कारण भने खुलेको छैन। निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए। उनले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार समेत गरेका छन्।
करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराइले केही राम्रा कामको सुरुवात समेत गरेका थिए। भट्टराई तिस दशक भन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय छन् ।
उनले बनाएका ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायत छन् । उनले दर्जनौ चलचित्रमा अभिनय समेत गरेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij