मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गरीबीका कारण रोग सहेर बस्नुपर्ने बाध्यता, अकालमै जान्छ ज्यान

  • प्रकाशित मिति : सोमवार, मंसिर १३, २०७३



  • जाजरकोट ।  पेटकी बिरामी सक्ला १ की कमला खत्रीको उपचारको लागि स्वास्थ्य संस्था नगएकै कारण एक वर्ष अघि मृत्यू भयो । घर नजिकै स्वास्थ्य संस्था भएपनि गरीबीका कारण परिवारले उपचारका लागि लैजान सकेन । पेटमा तेल लगाएर सेक्ने वाहेक अरु केही पनि खत्रीले उपचार पाइनन् ।

    निरन्तरको दुई वर्षको पेट दुखाई पछि उनको पानी घट्टमा मकैको पिठो सिस्न जाँदा बाटैमा मृत्यु भएको स्थानीयबासी बताउँछन् ।

    त्यस्तै सक्ला ६ लुहागकी धनमाया वोहराको पेट दुख्ने समस्यकै कारण ३३ वर्षकै उमेरमा मृत्यू भयो । लगातारको तीन वर्ष सम्म पेट दुख्ने गर्दथ्यो । पेट दुखेपछि लैजान धनमायाको परिवारले रकम जुटाउन सकेन ।

    आर्थिक अभावकै कारण कार्तिक ७ गते घाँस काट्नका लागि बन गएको वेला धनमायाको मृत्यु भएको थियो । मृत्युको एक दिन पछि मात्र आफूहरुले खोज्दै जाँदा फेला पारेको श्रीमान् टेकवहादुर वोहराले बताए । उनले भने, ‘पेट दुख्ने समस्या भएको तीन वर्ष भएको थियो, स्याउला जाँदा अमिलोको चुक खाएर गएकी थिइन् ।’

    अस्पताल लैजान पैसाको जोहो गर्न एक रोपनी जग्गा विक्री गर्ने तयारी हुँदै गर्दा श्रीमतीको मृत्यु हुन पुगेको भावुक हुँदै उनले बताए ।
    खत्री र वोहरा त प्रतिनिधी मात्र हुन् ।

    जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका महिलाहरु आर्थिक अभावकै कारण अस्पताल जान सक्दैन्न । ‘गाउँ घरका स्वास्थ्य संस्थामा जचाउँदा सामान्य सिलामोल बाहेक अरु पाइँदैन । रोग नै के लागेको हो भन्नेसम्म थाहा नपाई ग्रामीण क्षेत्रका महिलाहरुको अकालमा मृत्यु हुने गरेको छ’, निलगाड सरोकार समितिका अध्यक्ष गणेसप्रसाद सिंहले बताए ।

    सडक सञ्जालले नछोएका कारण यहाँका गाउँ,घरमा डोकोमा वोकेर विरामीहरु स्वास्थ्य संस्था लैजानुपर्ने वाध्यता छ । डोकोमा बोक्नका लागि कम्तिमा तीन जना सहयोगि चहिने र अप्ठ्यारो बाटोमा सहजै उपचारका लागि विरामीलाई स्वास्थ्य संस्था ल्याउन पनि मुस्किल भएको स्थानीय शिक्षकहरु वताउँछन् ।

    ग्रामीण क्षेत्रमा सवै भन्दा वढी ग्यास्टिक, पाठ्यघर खस्ने र टिवीका कारण ज्यान जाने गरेको जिल्ला स्वास्थ्य कार्यालयले वताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij