आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कर्णालीका हिमाली जिल्लाहरुमा हिमपात र वर्षा

  • प्रकाशित मिति : बिहिबार, पुस १७, २०७६



  • सुर्खेत । मंगलबारदेखि बढेको चिसोका कारण कर्णाली प्रदेशका सबै जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसोले यहाँका स्थानीयलाई घरबाहिरको काम गर्न पनि कठिन भएको छ ।
    चिसो बढेपछि बिहीबार बिहानदेखि कर्णाली प्रदेशको हुम्ला, मुगु, जुम्ला र डोल्पाको उच्च हिमाली क्षेत्रमा हिमपात बर्षा भएको छ ।

    र अन्य जिल्लहरु कालिकोट, दैलेख, जाजरकोट, सल्यान र सुर्खेतमा सामान्य वर्षा भने भएको छ।

    चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित पारेको छ । चिसोका कारण कर्णालीका विभिन्न क्षेत्रहरुमा रुघाखोकीको संक्रमण बढ्दै गएको पनि छ ।

    वीरेन्द्रनगरको न्युनतम तापक्रम १० दशमलब १५ डिग्री सेल्सियस पुगेको जल तथा मौषम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विदोद पराजुलीले बताए ।

    मौसमी पूर्वसूचना दिन सुर्खेतको रातानाङ्ला डाडाँमामा स्थापना भएको नेपालकै पहिलो मौसमी राडरकानुसार शनिबारसम्म लगातार कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात र वेशीमा वर्षाको सम्भावना रहेको पराजुलीले बताए ।

    उनकानुसार कर्णाली प्रदेशसँगै सुदूपश्चिमको बाजुराको लेक क्षेत्रमा पनि हिमपात भइरहेको छ । कैलालीसहितका तराईका जिल्लामा वर्षा हुने सम्भावना छ । चिसो बढेसँगै हिमपात, वर्षा, हुस्सु र तीब्र हावाको बेगका कारण कर्णालीमा हवाई उडान समेत हुन सकेको छैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij