प्रकाशित मिति : मङ्लबार, मंसिर १४, २०७३
‘घरेलु हिंसाबाट लागेको चोटलाई मेकअपले कसरी लुकाउने’, मोरोक्कोको सरकारी टेलिभिजनमा प्रसारित एक कार्यक्रममा जब यसबारे भिडियो देखाइयो तब सोसल मिडियाम हंगामा मच्चिएको छ ।
कार्यक्रममा मेकअप आर्टिस्टले घरेलु हिंसापछि लागेको चोटलाई फाउन्डेसन लगाएर कसरी लुकाउने भन्ने जानकारी दिन्छिन् । त्यसपछि उनी भिन्न–भिन्न किसिमका फाउन्डेशनमाथि चर्चा गर्छिन् ।
उक्त कार्यक्रम पछि ठूलो संख्यामा मानिसहरुले सोसल मिडियामा आफ्नो रिस व्यक्त गरेका छन् । यसका साथै मानिसहरुले महिलाप्रति हिंसालाई यति हल्का तरिकाले लिएको विरुद्ध फेसबुकमा मुद्दा चलाएको छ जसलाई हज्जारौं मानिसहरुले आफ्नो समर्थन जताइसकेका छन् ।
मोरोक्कोका मानिसहरुले मिडिया वाचडग हाका (हाई अथोरिटी अफ अडियोभिजुअल कम्युनिकेशन) सँग च्यानलविरुद्ध कडा एक्सन चाल्नुपर्ने माग गरेका छन् ।
पछि यो कार्यक्रमका लागि माफी माग्दै च्यानलले भन्यो, ‘कार्यक्रम निकै अनुपयुक्त थियो । यसले मानिसहरुको भावनामाथि चोट पुग्यो यसको लागि हामी माफी माग्छौं । हामी स्विकार गर्छौं कि यो एउटा ठूलो सम्पादकीय भुल भएको छ ।’
यद्यपी, च्यानलले माफी मागेपछि पनि मानिसहरुको रिस कम भएको छैन ।
एक फेसुबक प्रयोगकर्ताले लेखेकी छिन्, ‘कस्तो राम्रो खबर । अब मलाई मेरो श्रीमानले पिटे पनि कुनै चिन्ता छैन । अब म निकै आरामसँग सुत्न सक्छु । मेरो पिटाई भए म झटपट मेकअप गर्नसक्छु । काम तमाम ।’
एक अन्य फेसबुक प्रयोगकर्ताले लेखे, ‘च्यानलले माफी माग्दैमा के यो मुद्दा सिद्धियो ? मिडिया वाचडगले यो च्यानललाई कडा चेतावनी दिनु पर्छ ।’
एक अर्का फेसबुक प्रयोगकर्ताले च्यानललाई प्रश्न गरेका छन्, ‘के ब्लेडले लागेको चोट पनि मेकअपले हटाउन सक्छ ?’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij