प्रकाशित मिति : शनिबार, पुस २६, २०७६
मधुकर पाण्डे, नुवाकोट। नुवाकोट पासाङ लामु सडक खण्ड नेपाली कांग्रेसको व्यापक बिरोध को कारण तिब्र गतिमा सडक कटान तथा रुख काट्ने र सम्माउने पर्खाल लगाउने काम सुरु गर्न थालिएको छ।
उक्त सडक खन्ड नेकपा नेता प्रचण्डको घरबेटी शारदा प्रसाद अधिकारीको सैलुङ्ग कन्स्ट्रक्सनले पाएको र उक्त कन्स्ट्रक्सनले लामो समयदेखि निर्माणकार्य नगरि शक्तिको दुरुपयोग गरेकोले सर्बसाधारनले दुख भोग्नुपरेको छ।
शारदा प्रसाद अधिकारीले काम गर्नुको साटो निर्माण कार्य ढिलासुस्ती गरि पावरको आडमा कसैलाइ नटेर्ने गरे पछि नेकपा कै सांसद हितबहादुर तामाङ, बद्री मैनाली र ककनी गाउँ पालीकाका अध्यक्ष मान बहादुर लामाले पनि खरो बिरोध गरेको थिए ।
त्यसैगरी नेपाली कांग्रेसका जिल्ला सभापती जगदिस्वर नर्सिङ के.सी. को नेतृत्वमा जिल्लाका नेताहरू रमेशकुमार महत लगायत सयौं कार्यकर्ता र स्थानीय जनताको बिरोधको कारण हाल निर्माण सुरु भएको स्थलगत निरिक्षणबाट देखियो, उक्त खण्ड निर्माण भए काठमाडौंबाट ककनी हुँदै त्रीशुली बाट रसुवा जाने र आउँने हजारौँ यात्रु लावान्भीत हुने देखिन्छ।




© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij