सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

यो हप्ता यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

  • प्रकाशित मिति : शनिबार, पुस २६, २०७६



  • मेष
    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । वोलीको भरमा कार्य सम्पादन हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभका योग पनि देखिन्छन् । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग सिन्दूरे हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

    बृष
    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- सामाजिक क्षेत्रबाट मान सम्मान मिल्ने छ । मित्र जनको साथ सहयोग मिल्नुका साथै आमदानीका स्रोत बढ्ने छन् । सफल र माइलो यात्राको योग रहेको छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मध्य सातामा व्यर्थको सास्ति खेप्नु पर्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । यो साताका लागि शुभअङ्क १,२ र शुभरङ्ग घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

    मिथुन
    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा-धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । आकस्मिक धन लाभ हुनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा नै होला, तर स्वास्थ्यमा समस्या आउन सक्छ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरणगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

    कर्कट
    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- यो साता सुरुका दिनमा प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ र अरू केहि अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपरेपनि यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । भौतिक साधन जुटाउने समय छ । यो साताका लागि शुभअङ्क २,४ र शुभरङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरे अधिक सफलता हात पर्नेछ ।

    सिंह
    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । चिताएको कामले तीव्रता लिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साथीभाइबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरूगर्न सकिनेछ । सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

    कन्या
    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- रोकिएका काम पुनः सुरु हुन सक्छन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघी बढ्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ । साताको अन्त्यमा भने काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ र अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग वा आकासे नीलो कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी आरम्भ गर्दा सफलता मिल्नेछ ।

    तुला
    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)- अध्ययनको क्षेत्र फलदायी रहनेछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । मित्र सुखपनि मिल्नेछ । मध्य सातामा प्रेममा मनमुटाव रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    बृश्चिक
    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- कार्य सम्पादनमा समस्या आउला । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । साताको अन्त्यमा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ला । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

    धनु
    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)- नसोचेको ठाउँबाट धनागम हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागीता भइएला । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरणगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

    मकर
    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)- कार्य सम्पादनमा सहजता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । यो साताका लागि शुभअङ्क ८,९ र शुभरङ्ग निलो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शनगरी यात्रा आरम्भ गर्दा सफलता मिल्नेछ ।

    कुम्भ
    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)- यो साता नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । भाईको भेटघाटले मन प्रफुल्ल रहला । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग वैजनी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ ।

    मीन
    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)- अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । मनमा चञ्चलता बढ्नेछ । चोटपटकको भयछ सचेत रहनुपर्ला । सोमवारबाट आर्थिक उन्नति हुनुका साथै आय आर्जनका स्राते पनि बढ्नेछन् । श्रीवृद्धिका साथै कार्यप्राप्तिको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij