मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

कुखुराको मासुमा कालोबजारी, किन बढ्यो मासुको मूल्य ? सरकार के गर्दैछ ?

  • प्रकाशित मिति : बुधबार, माघ २२, २०७६



  • काठमाडौं । अत्याधिक चल्ला उत्पादनले उचित मूल्य नपाएको भन्दै नेपाल ह्याचरी संघले ६० लाख निशेचित अण्डा नष्ट गर्‍यो । ६ पुसमा ‘चिक्स होलिडे’ सकियो, त्यसको तीन दिनपछि नेपाल अण्डा उत्पादक संघ अण्डाको मूल्य बढायो । अर्को दिन राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मासुको मूल्य प्रतिकिलो २० रुपैयाँ बढेको सूचना निकाल्यो ।

    अहिले काठमाडौंमा कुखुराको मासुको मूल्य प्रतिकिलो ४३० रुपैयाँ पुगेको छ । आजभन्दा ४५ दिन अघि तथा चिक्स होलिडे गर्नुअघि प्रतिकिलो कुखुराको मासुको २४० रुपैयाँ मात्र थियो ।

    कृषि तथा पशुपंछि विकास मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा बोइलर कुखुराको मासु दैनिक तीन लाख किलो खपत हुन्छ । यसरी हेर्ने हो भने मासु ब्यापारीले उपभोक्तासँग दैनिक ५ करोड ७० लाख रुपैयाँ बढी असुली गर्छन् । तर सरकार रमिते बनेको छ ।

    किन बढ्यो मासुको मूल्य ?

    कुखुराको मासु, चल्ला र अण्डा उत्पादनमा नेपाल आत्मनिर्भर मुलुक हो । पछिल्लो दुई महिना अवधिमा यो व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्ने रोगको प्रकोप, हावा पानी र मौसमी प्रतिकुलता तथा कुनै पनि सरकारी नीति आएको छैन् ।

    तर उपभोक्ताको ढाड सेक्ने गरी अण्डा र मासुको मूल्य बढेको छ । यसको दुईवटा कारण छन्, पहिलो कारण, कुखुरा र मासु व्यवसायीको सिण्डिकेट, दोस्रोे सिडिण्केटमा सरकारको साथ’ उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने ।

    ह्याचरी उद्योगीले मंसिर २८ गते पत्रकार सम्मेलन गर्दै चिक्स होलिडे अभियान घोषणा गरे । अत्याधिक चल्ला उत्पादनले गर्दा ह्याचरी र कुखुरापालक किसानले लागत मूल्य बराबर मूल्य नपाएको भन्दै १० दिनका लागि चल्ला उत्पादन रोक्न अभियान चलाइएको र ४० लाख चल्ला उत्पादन हुने ६० लाख निशेंचित अण्डा नष्ट गरिएको उसको दाबी छ ।

    चिक्स होलिडे पुस ६ गते सकियो, यो अवधिमा कुखुराको ठूलो अण्डाको मूल्य प्रतिक्रेट २७५ रुपैयाँ, मध्यम खाले अण्डाको २५५ रुपैयाँ र कुखुराको मासुको मूल्य प्रतिकिलो २४० रुपैयाँ थियो ।

    ९ पुसमा नेपाल अण्डा उत्पादक संघले दुबै खाले अण्डाको मूल्य बढेको सूचना निकाल्यो । जसअुनसार ठूलो अण्डामा प्रतिक्रेट १५ र मध्यम खाले अण्डाको मूल्य प्रतिक्रेट २० रुपैयाँले बढ्यो ।

    अण्डाको मूल्य बढेको भोलिपल्ट राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मासुको मूल्य प्रतिकिलो २० रुपैयाँले बढोयो । त्योसाता दुई पटक कुखराको मासुको मूल्य संघले बढायो । प्रतिकिलो २५० रहेको मासुको मूल्य २७० हुँदै २८५ रुपैयाँ पुर्‍याइयो । मंगलबार बेलुकासम्म मासुको मूल्य १९० रुपैयाँले बढेको छ र प्रतिकिलो ४३० रुपैयाँ पुगेको छ ।

    र, राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका प्रथम उपाध्यक्ष श्रेय ढकाल बजारमा मासुको खपतको तुलनामा उत्पादन नहुँदा मुल्य बढेको बताउँछन् ।

    ह्याचरी व्यवसायीले हिजो चिक्स होलिडे भनेर निशेचित अण्डा नष्ट गरे, अहिले मागअनुसार उत्पादन भएन भनेर कुखुराको मूल्य बढाए । तर नियमन गर्नुपर्ने सरकार चुप्पी साँधेर बसेको छ ।

    ह्याचरी वालाको आन्दोलन र अहिलेको मूल्य बृद्धि रोक्न प्रतिस्पर्धा तथा बजार प्रर्वधन ऐन २०६१, उपभोक्ता संरक्षण ऐन २०७५ तथा कालोबजारी ऐनसहित तीन वटा कानुनी बाटो रहेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानीया बताउँछन् । ‘त्यो बेला ह्याचरी वालाको आन्दोलन रोक्नु त परको कुरा, आन्दोलन किन भनेरसमेत सरकारले सोधेन’ उनी भन्छन्, त्यसको मार अहिले जनताले खेप्नु पर्‍यो ।’

    आन्दोलन र असरबारे प्रशस्त सूचना पाउँदा पनि सरकार मौन बसेर जनताबिरुद्ध कालो बजारी गर्न सघाएको उनले बताए । यसले सरकार र ब्यापारी को भन्ने छुट्याउन गाह्रो भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने ।

    सरकार के गर्दैछ ?

    स्वदेशमै चल्ला, अण्डा र मासु उत्पादन भएपछि सरकारले स्वदेशी उद्योग संरक्षणको नीति अन्र्तगत आयतमा पूर्ण बन्देज लगाएको छ । भारतलगायतका मुलुकबाट नेपालमा मासु र खाने प्रयोजनका लागि अण्डा आयत हुँदैन । तर व्यवसायीले यसलाई टेकेर उपभोक्ताको ढाड सेकिरहेका छन् ।

    जबकी स्थानीय प्रशासनसहित पशु सेवा विभाग र वाणिज्य,आपूति तथा उपभोक्ता संरक्षण विभागले ह्याचरी व्यवसायीको आन्दोलन रोक्न सक्थ्यो । पशु सेवा विभागले ह्याचरी वालाको आन्दोलन गर्नुपर्ने कारणबारे तीन दिन भित्र जवाफ दिन भन्दै व्यवसायीलाई पत्र लेख्नेबाहेक अरु केही गरेन ।

    यस्तै कालोबजारी र उपभोक्ता संरक्षण ऐन कार्यान्वयन गराउने वाणिज्य विभागले व्यवसायीहरुलाई मूल्य बढाउनुको कारणबारे स्पष्टीकरण सोधिएको भन्यो, तर कारबाही गरेन । दिनदिनै मूल्य बढे पनि विभागले एक्सन दिएको छैन ।

    यद्यपि वाणिज्य, आपूति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले गम्भीरताका साथ काम अघि बढाएको दाबी गरे । ‘बजार अध्ययनबाट चल्ला, मासु र अण्डामा मूल्य बढेको पायौं, यो मूल्यवृद्धि अस्वाभाविक र बढी हो’ उनले भने ।

    चिक्स होलिडे अभियान र अहिलेको मूल्यवृद्धिको अन्तरसम्बन्धबारे कारणसहित जवाफ पेश गर्न अण्डा, मासु र चल्ला उत्पादक व्यवसायीहरुको छाता संगठनलाई पत्राचार गरिएको उनले बताए । ‘मंगलबार साँझसम्म ह्याचरीवालबाहेकको जवाफ आएको छ , सबै जवाफ आए पछि हामी थप कारबाहीबारे निर्णय लिन्छौं’ महानिर्देशक सुवेदीले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij